सर्लाहीको बरहथवा नगरपालिका १० सीतापुर स्थित किसनपुर चोकमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ।बरहथवा नगरपालिका १० सीतापुर स्थित किसनपुर चोकमा गयराती करिब साँढे ९ बजे भएको मोटरसाईकल दुर्घटनामा कविलासी नगरपालिका ४ का अन्दाजी ४३ वर्षिय अरविन्द कुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गएराति करिब साँढे ९ बजे टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा यादवको ज्यान गएको हो । दुर्घटनापछि यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।
मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा सर्लाही पुर्याइएको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा मृत्यु भएका यादव कविलासी नगरपालिका ४हेमपुरका निवर्तमान वडाध्यक्ष र नेकपा(एमाले)जिल्ला कमिटी सर्लाहीका सदस्य समेत हुन ।