Close This

मास्क नलागउने १ सय २८ जना पक्राउ, सबैलाई जरिवाना

पत्र पत्रिका    प्रकाशित: २०७७-३-२० गते   ३३० पटक हेरिएको

बारामा मास्क नलाइ हिँडडुल गर्ने १ सय २८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोरोना भाइरस महामारीमा माक्स प्रयोगसम्बन्धी सचेतना अभियान चलाउँदा समेत यसको अवज्ञा गरी बिना माक्स हिँडडुल गर्ने तथा व्यवसाय संचालन गर्ने उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा व्यापारी, सवारी चालक, पैदलयात्रु समेत रहेका छन् ।उनीहरुलाई नियन्त्रणमा लिएर संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासान कार्यालय मार्फत प्रतिव्यक्ति १ सय रुपैयाँ जरिवाना पश्चात छाडिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech