सर्लाहीको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महतो र चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष दिपेन्द्र कुमार चौधरीले सार्वजनीक तथा सरकारी जमिनमा गिद्धे नजर गाडेपछि स्थानीयले उच्च अदालत जनकपुरमा रिट दाहेर गरेका छन्। चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीले पुर्व पश्चीम हुलाकी राजमार्गदेखि पुर्व पश्चीम राजमार्ग सम्म जोड्ने एक सय १२ फिटको फिल्ड बुक भएको सार्वजनीक तथा सरकारी बाटो अतिक्रमणको काम गरेपछि स्थानीयले उच्च अदालत जनकपुरमा रिट दाहेर गरेपछि उच्च अदालतले सो काम रोक्न भन्दै अल्पकालिन अन्तरीक आदेश जारी गरेको छ।तर उच्च अदालतको अल्कालीन अन्तरिक आदेशलाई वेवास्था गर्दै चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीले सो कार्यलाई निरन्तरता दिएका पाइएको छ ।
एक सय १२ फिटको फिल्ड बुक समेत भएको उत्तर दक्षिण हुलाकी सडक तथा सार्वजनिक जमिन अतिक्रमण गर्न गाउँपालिका अध्यक्ष महतो सहितको टिम लागेपछि सार्वजनिक सम्पतीको संरक्षण गर्न मुलुकी देवानी संहिता २०७४ को दफा २६७ र ३०७ ले सरकारी तथा सार्वजनिक बाटो अवरोध हुने गरी कोही कसै,कुनै व्यक्ति वा संस्थाले काम गर्न नपाउने वा नहुने र सोही संहिताको दफा २९९ ले सरकारी एवम दफा ३०० ले सार्वजनिक जग्गाको सडक बाटोलाई राखेको अवस्थामा यसरी सार्वजनिक बाटो अवरोध हुने गरी वाउण्ड्री वाल लगाउन खोज्नु गलत भएको भन्दै स्थानीय सुरेश कुमार साहले उच्च अदालत जनकपुरधामा चन्द्रनगर गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
सोही रिट उपर सुनुवाई गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको भएपनि सो आदेशको अवज्ञा गर्दै काम गरि रहेका साहले जानकारी दिए ।सो विषयमा विवाद भएपछि गाउँपालिकामा सर्वदलिय सर्व पक्षीय बैठक बसेपनि सार्वजनीक तथा सरकारी जमिन संरक्षण गर्नु पर्ने र परा पूर्वकालदेखि लाग्दै आएको हाट बजार मास्न नहुने पक्षमा स्थानीय भएपनि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरी कुनै पनिहालमा आफुहरुले थालेको काम गर्ने मोडमा देखिएपछि स्थानीयले रिट दाहेर गरेका हुन ।
त्यसपछि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीले उच्च अदालतमा बुझाएको बैठक पुस्तीकामा पहिलै मृत्यु भएका जय करण सिंह र विष्णुलाल हाडा सहितको हस्ताक्षर रहेको पाइएको छ।गाउँपालिका भित्रका लेखपढ् गर्न नजान्नेहरुको समेत हस्ताक्षर भएको पाइएपछि विशेष खोजतलास गर्ने क्रममा गाउँपालिका अध्यक्ष महतोले पहिला अन्य कुनै प्रयोजनका लागि बसेको बैठक पुस्तिकाको हस्ताक्षर स्क्यान गरेर राखि पछि अदालतमा पेश गरेका हुन ।
स्रोतका अनुसार,उच्च अदालत जनकपुरले अल्पकालीन अन्तरिम आदेश जारी परेपछि पनि चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतो र चन्द्रनगर गाउँपालिका ७ का वडा अध्यक्ष चौधरीले केही निर्माण व्यावसायीहरुको मिलेमतोमा ठूलो कमिसनको प्रलोभनमा परेर उक्त कामलाई निरन्तरता दिइ रहेका छन्।भने निवेदकलाई आर्थिक प्रलोभन देखाएर मुद्धा फिर्ता लिन दवाव दिएका निवेदकले बताए ।
चन्द्रनगर गाउँपालिकाका अन्य जनप्रतिनिधिहरुले गाउँपालिका अध्यक्ष महतोको यस प्रकारका हर्कतहरुको पटक पटक विरोध गरेका भएपनि त्यसको प्रतिफल कुनै आएको छैन्।“अदालतको आदेशलाई बेवास्ता गर्दै,आफ्ना मान्छेहरूलाई आर्थिक लाभ पुग्ने गरी निर्णय तथा काम गर्नु पूर्ण रूपमा गलत हो।यस कार्यले कानुनी शासनलाई नै चुनौती दिएको छ।”चन्द्रनगर गाउँपालिका की उपा अध्यक्ष गीतादेवी महतोले बताईन्।उनका अनुसार गाउँपालिका मा सञ्चालित ठूला परियोजनाहरू गाउँपालिका अध्यक्ष महतोको स्वार्थ सिद्धिका लागि दुरुपयोग भइरहेका छन्।अदालतले दिएको आदेशको अवज्ञा गर्नु कानुनी रूपमा दण्डनीय अपराध भए पनि अध्यक्ष महतोका विरुद्ध अहिलेसम्म कुनै ठोस कारबाही नभएको स्थानीयको भनाई छ ।
गाउँपालिका अध्यक्ष महतोले उच्च अदालतमा लगाएको प्रति उत्तरमा करिब ८० प्रतिशत काम सकिएको बताए पनि करिब १० प्रतिशत मात्रै काम भएको छ।भने रोडमा डिभाईडर बनाउन लागिएको बताए पनि गेट समेत बनाएपछि उनको जवाफको प्रति उत्तर बनावटी रहेको प्रष्ट भएको छ। स्थानीयका अनुसार डिभाईर बनाएको बताउने गाउँपालिका अध्यक्ष महतोले करिब १८ फिट अग्लो पिलर र वाउण्ड्री वाल लगाएका छन् ।यस विषयमा अध्यक्ष महतोसँग प्रतिक्रिया माग्दा आफूले कुनै गल्ती नगरेको दाबी गरे।उनले भने,“हामी चन्द्रनगर गाउँपालिका को विकासका लागि काम गरिरहेका छौँ।केही तत्वहरू षड्यन्त्र गरेर बदनाम गर्न खोजिरहेका छन्।”
सोही मुद्धाको उच्च अदालत जनकपुरमा मंगलबार पेशी रहेको पाइएको छ ।प्रशासन र सरोकारवालाहरूले यस विषयमा गम्भीर ध्यान नदिए गाउँपालिकाको आर्थिक पारदर्शितामा थप प्रश्न उठ्नुका साथै सार्वजनिक तथा सरकारी जमिनको अतिक्रमण दिनानुदिन बढ्दै जाने स्थानीय जनकारहरुको चिन्ता छ।अदालतको आदेशको अवज्ञा गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने कानून व्यवसायीहरुले बताएका छन्।