दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दीमा महिलाहरुकाे नेतृत्व क्षमता विकास तालित सुरु भएको छ । लालबन्दी नगरपालिका ९ काे संयाेजना तथा कमलामाई मिडिया प्रा.लिकाे आयाेजनामा असार २१ गते सम्म चल्ने ७ दिने तालिम लालबन्दी नगरपालिका ७ स्थित कृषि थाेक बजार व्यावस्थापन समितिकाे सभा हलमा सुरु भएको कमलामाई मिडिया प्रा.लिका सञ्चालक एवम प्रवन्ध निर्देशक शंखर पहाडी(गाैरब) ले जानकारी दिए ।
.jpg)
उनका अनुसार लालबन्दी नगरपालिका ९ का कार्यबाहक अध्यक्ष विनाेद तिमल्सिनाकाे अध्यक्षता एवम लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यतामा सुरु भएको तालिमकाे ठाकुर प्रसाद बख्रेल(मनाेज) ले प्रशिक्षण सुरु गरेका छन् ।
.jpg)
नगर प्रमुख अधिकारीले व्यानर पढेर उद्घाटन गरिएको तालिममा लालबन्दी नगरपालिका ९ का महिलाहरुकाे सहभागीता रहेकाे आयाेजकले जनाएको छ ।
.jpg)
तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख अधिकारीले आफ्ना कुराहरु सहज रुपमा राख्न सक्ने बनाउनु पनि तालिम आवश्यक रहेकाे बताए । उनले वडा भित्रका महिलाहरुकाे नेतृत्व क्षमता विकास गर्न वडाले देखाएको सक्रियता प्रति नगर प्रमुख अधिकारीले शुभकामना व्यक्त गरे ।
.jpg)
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख अधिकारीले ७ दिन सम्म सिकेका कुरा अरुलाई पनि सिकाउन सक्ने गरि सिक्न सहभागीहरुसंग आग्रह गरे ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)