स्थानीयलाई दुःख दिँदै पैसा असुल्दै हरिवन प्रहरी प्रमुख थापा,असईद्धय सिंह र शर्मा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-४-२९ गते   ६७३६ पटक हेरिएको

सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक शिवराम थापा,असई रामविनय सिंह,असई संजय शर्मा र मुद्धाका प्रहरी जवान विष्णु भट्टराईले स्थानीयलाई दुःख दिँदै पैसा असुल्दै गरेको पाइएको छ ।हरिवन नगरपालिका ११ का इर्षाद अहमद्लाई साउन ५ गते नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखि उनकी श्रीमती शाहाजन खातुनसंग पटक पटक गरी रु ५६ हजार र रु १४ हजार पर्ने एउटा मोवाईल असई सिंह र शर्मा मार्फत प्रहरी निरिक्षक थापाले लिएका पीडित परिवारको भनाई छ ।
साउन ५ गते मोवाईल चोरीको आरोपमा आफ्ना छोरालाई प्रहरीले नियन्त्रणमा लिएको र छोरालाई के कारणले नियन्त्रणमा लिएको भनि बुझ्न ईलाका प्रहरी कार्यालय हरिवनमा गएका इर्षादले आफ्ना छोरालाई प्रहरीले कुटपिट गरेको देखेपछि भिडियो बनाएको बाहनामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सोही विषयलाई लिएर इर्षादकी श्रीमती शाजनसंग श्रीमानलाई छाडि दिने भन्दै असई सिंह र शर्माले साउन ५ गते रु १४ हजार पर्ने मोवाईल किन्न लगाएका,साउन ५ गते नै रु २५ हजार मागेकामा १६ हजार लिएका त्यसको करिब ५ दिनपछि ७० हजार मागेकामा आफुले रु ४० हजार दिएको पीडित शाजनले बताईन् ।
पीडित शाजनका अनुसार आफ्ना छोरालाई स्थानीय र मोवाईल धनीले समेत निदोर्ष भनेपछि छाडिदिन भन्दै रु ४० हजार लिएका र तत्कालै फिर्ता पनि गरेका थिए । तर रु १४ हजार पर्ने मोवाईल र रु १६ हजार पनि लिएर आफ्ना श्रीमानलाई मुद्धा चलाएका पीडित शाजनले गुनासो गरिन् ।
साथै अदालतले आफ्ना श्रीमानलाई छाडिदिन आदेश दिएपछि पनि प्रहरीले भोज खुवाउन पैसा मागि रहेको पीडित शाजनले बताइन् । असई सिंहको आन्तरीक सरुवा भएको भएपनि प्रहरी निरिक्षक थापाले सरुवा रोकी ईलाका प्रहरी कार्यालय मै राखेका छन् । प्रहरी निरिक्षक थापाका विश्वास पात्रको रुपमा रहेका असई सिंहले हरिवन नगरपालिका ९ स्थित रहेको ममता कटेजका साथै हरिवन नगरपालिका ११ मा रहेको हिमाल होटल र शिखर होटलमा समेत गैर कानुनी धन्दा गर्न सहजता प्रदान गरि वापत कमिसन असुल्ने गरेका रहस्य बाहिरिएको छ ।
त्यस्तै गाँजा सहित नियन्त्रणमा लिएका मानिसहरुसंग कमिसन असुल्ने गरेका समेत प्रहरी स्रोतका दोबी छ । त्यस्तै एकजना व्यापारीलाई व्यापार गर्न भनि आएको समयमा उनको साथबाट रु १८ लाख सहित नियन्त्रणमा लिएका प्रहरी निरिक्षक थापाले सो रकम लिएर मानिसलाई छाडि दिएका पाइएको छ । प्रहरी निरक्षक थापाले १८ लाख राखेर अन्यन्त्र भनेमा जाली नोटमा मुद्धा चलाउने भन्दै धम्क्याएका समेत पाइएको छ ।तर उनलाई अपहरण तथा शरिर बन्धक मुद्धामा फरार रहेका प्रतिवादी भनि जिल्ला अदालत सर्लाहीबाट पक्राउ आदेशानुसार नियन्त्रणमा लिएर जिल्ला अदालत सर्लाही बुझाएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech