Close This

मरिण गाउँपालिकाद्धारा मावि खयरसाललाई स्कुल बस हस्तान्तरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१९ गते   २१७ पटक हेरिएको

सिन्धुलीको मरिण गाउँपालिकाले वडा नम्बर ४ मा रहेको माध्यमिक विद्यालय खयरसाललाई स्कुल बस हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रम विच गाउपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले वडा नं. ४ का वडाअध्यक्ष जित बहादुर काल्तान र विद्यालयका प्रधानाध्यापक रामबाबु थापालाई बसको चावि हस्तान्तरण गर्नुभएको हो ।
माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा संचालन गर्नका लागि गाउँपालिकाले कुल २६ लाख ४२ हजार बराबरको स्कुल बस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । माबि खयरसालमा यसै आर्थिक बर्षदेखि गाउँपालिकाकै पहिलो आवासीय विद्यालय संचालन गर्नका लागि आर्थिक बर्ष २०७९।०८० को बजेटबाट ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो । स्कुल बस प्राप्त भएपछि अबका दिनमा टाडा टाडाका विद्यार्थीलाई घर स्कुल आउजाउ गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक थापाले बताउँनु भयो ।
बस हस्तान्तरण कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, शिक्षा शाखा प्रमुख नवराज बराल, सामाजिक विकास शाखा प्रमुख सुदिप केसी लगाएतको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech