भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले आर्थिक वर्ष २०८०/०८१ मा रु २१ करोड भन्दा बढी राजश्व संकलन गरेको छ।आर्थिक वर्ष ०८०/०८१ मा भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले विभिन्न पाँच शिर्षकमा गरी रु २१ करोड ६९ लाख ९६ हजार पाँच सय ६९ रुपैँया ३२ पैसा राजश्व संकलन गरेको भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख नितेश कुमार झाले जानकारी दिए ।उनका अनुसार रजिष्ट्रेशन,सेवामुलक,मुख्य मन्त्री,रोक्का र पुँजिगत लाभकार शिर्षकमा गरी कुल रु २१ करोड ६९ लाख ९६ हजार पाँच सय ६९ रुपैँया ३२ पैसा राजश्व संकलन भएको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले रजिष्ट्रेशन तर्फ रु १३ करोड ५१ लाख ३५ हजार एक सय ४०,सेवामुलक तर्फ रु एक करोड ८५ लाख ११ हजार आठ सय, पुँजिगत लाभकार तर्फ रु तीन करोड ८६ लाख ६९ हजार चार सय ९६ रुपैँया नौ पैसा,मुख्य मन्त्री तर्फ रु दुई करोड ३२ लाख ५७ हजार तीन सय ६२ रुपैँया ४२ पैसा र रोक्का तर्फ रु १४ लाख २२ हजार सात सय ७० गरी कुल रु २१ करोड ६९ लाख ९६ हजार पाँच सय ६९ रुपैँया ३२ पैसा संकलन भएको कार्यालय प्रमुख झाले बताए ।जसमा रजिष्ट्रेशन तर्फ स्थानीय तहलाई ६० प्रतिशत र प्रदेश सरकारलाई ४० प्रतिशत,सेवामुलक तर्फ,मुख्य मन्त्री तर्फ र रोक्का तर्फको शतप्रतिश राजश्व प्रदेश सरकारमा जाने साथै पुँजिगत लाभकार तर्फको शतप्रतिश राजश्व संघीय सरकारमा जाने कार्यालयले जनाएको छ ।
नेपाल सरकारले महिलाको नाममा जग्गा पारित गरेमा सो वापत लाग्ने करको दस्तुर २५ प्रतिशतले छुट भएपछि पुरुषको भन्दा महिलाको नाममा जग्गा खरिद र नामसारी गर्ने क्रम बढेको कार्यालयले जनाएको छ ।यसका साथै १५ वटा पालिकालाई सेवा प्रवाह गरी रहेको कार्यालयले दोहोरो राजश्वका कारण केही समस्या भएको जनाएको छ भने बलरा,मलंगवा,गोडैता नगरपालिकाका साथै कौडेना,चक्रघट्टा र ब्रम्हपुरी गाउँपालिकाले जग्गाको वर्गिाकरण गरि सकेकाले ती पालिकाहरुमा जग्गाको कित्ताकाटको काम भएको भएपनि अन्य पालिकाहरुले जग्गाको कित्ताकाट गर्न बाँकी रहेकाले ती पालिकाहरुमा जग्गाको कित्ताकाट नभएको कार्यालय प्रमुख झाले बताए।उनले अदालतबाट फैसला तथा आदेश भएको अवस्थामा अन्य पालिकाहरुको पनि जग्गाको कित्ताकाटको काम भएको बताए ।
मालपोत कार्यालय,घरेलु कार्यालय तथा यातायात कार्यालयहरुको सेवा प्रवाह प्रति नागरिकहरुको व्यापक गुनासो आउने गरेका छन् ?विचौलिया विना काम नै हुँदैन् भन्ने छ ? नी भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा मालपोत कार्यालय मलंगवाका प्रमुख झाले साक्षर सेवाग्राहीहरुले भु सेवा लागु भएपछि आफैँले रु तीन सय तिरेर काम गर्न सक्ने र निरक्षर सेवाग्राहीहरुले लेखन दासहरुको सहयोग लिने गरेका पाइएको भएपनि कार्यालयमा विचौलियाको चलखेल नरहेको साथै कमिसनको कुनै खेलवाड नहुने उनले दाबी गरे।
उनले जग्गाको काम नै धेरै कागजातहरु हुने भएकाले सबै सेवाग्राहीहरुले कागजात मिलाउन नसक्ने भएकाले पनि लेखन दासहरुको सहयोग लिएका र कुनै लेखन दासहरुसंग कार्यालयका कुनै कर्माचारीहरुको सांठगांठ नरहेको कार्यालय प्रमुख झाले दाबी गरे ।सेवाग्राहीहरुले अरु कार्यालयहरु झैँ चाँडै काम होस भन्ने चाहन्छन् तर जग्गाको कागजात धेरै मिलाउनु पर्ने भएकाले मालपोत कार्यालयको काम ढिलो हुँदा सेवाग्राहीहरुको गुनासो आउनु स्वभाविकै भएपनि आफुहरुले भ्याए सके सम्म काम गर्दिएको उनले बताए ।