भूमि आयोग सर्लाहीका नव नियुत्त अध्यक्ष वि.क.द्वारा पदभार ग्रहण

439 Shares

भूमि समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीका नवनियुक्त अध्यक्ष मदन बहादुर वि.कले पदभार ग्रहण गरेका छन्।पुस २९ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोगको सर्लाही जिल्ला अध्यक्षमा नियुक्त गरेको वि.क.ले मंगलबार पदभार ग्रहण गरेका हुन ।
सर्लाहीको इश्वरपुर नगरपालिका १२ कालिन्जोर घर भएका आयोगका नवनियुक्त जिल्ला अध्यक्ष वि.क.ले जिल्ला समन्वय समिति मलंगवा सर्लाहीको सभाहलमा पदभार ग्रहण गरेका हुन्।दुुई दशकदेखि भूमि अधिकार आन्दोलनमा क्रियाशील रहेका वि.क.लाई जिल्ला समन्वय समिति मलंगवा सर्लाहीका सभापति कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पदभार ग्रहण गराईएको जिल्ला समन्वय समिति मलंगवा सर्लाहीका उप प्रमुख जितेन्द्र महतोले जानकारी दिए ।
पदभार ग्रहण कार्यक्रममा प्रदेशसभा सदस्य जंगिलाल राय,पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी,हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख जिल्ला अधिकारी तुुलसी बहादुर श्रेष्ठ,नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका निमित्त प्रमुख एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठ,भूमिसुधार तथा नापी कार्यालय मलंगवाका प्रमुख विन्देश्वर यादवल गायतको विशेष उपस्थिति रहेको थियो ।
भूमिहिन सुकुम्वासीको लागि आफूू वर्षौदेखि लड्दै आएको र अहिले आयोगको अध्यक्ष पदमा रहेर भूमिहिन,दलित,सुुकुम्बासी र अव्यवस्थित बसोवासीको पक्षमा काम गर्न पाउँदा थप उत्साहित बनाएको पदभार ग्रहण गर्दै आयोगका नवनियुक्त अध्यक्ष वि.क.ले बताए ।

सम्बन्धित समाचार