भूमि आयोग खारेजको विरुद्धमा सर्लाहीका भूमिहीन सुकुम्वासीहरुको धर्ना सुरु

407 Shares

सर्लाहीका भूमिहीन सुकुम्वासीले नापी कार्यालय मलंगवालाई ज्ञापन पत्र बुझाउँदै धर्ना सुरु गरेका छन्।विभिन्न पाँच बुँदे मागसहित जिल्लाका भूमिहीन सुकुम्वासीहरुले राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीको अगुवाईमा सर्लाही सदरमुकाम मलंगवामा ¥याली निकाल्दै नापी कार्यालयमा पुगेर धर्ना दिएको राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेले जानकारी दिईन् ।
उनका अनुसार आन्दोलित भूमिहिन सुकुम्वासीले भूमि समस्या समाधान आयोगको कामलाई निरन्तरता दिन, तत्कालिन आयोगले गरेको कामको प्रगति र खर्च सार्वजनिक गरी सर्लाहीमा लामो अवधिसम्म एक परिवारलाई समेत जग्गाधनी प्रमाणपूजा (लालपुर्जा) वितरण गर्न नसक्नुको कारण जानकारी गराउन,आयोगले केकति कारणले काम गर्न नसकेको हो त्यसबारे छलफल आयोजना गरी आलोचनात्मक समिक्षा गर्न,भूमिहीन तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क प्रणालीमा प्रविष्ट गर्ने तथा प्रमाणिकरण गर्ने कार्य नरोक्न र नापी कार्यालयबाट प्रवाह हुने सेवालाई सरल तथा सहज बनाउन माग गरिएको हो ।
भूमि समस्या समाधान आयोग सर्लाहीमा जिल्लाभरबाट छ हजार चार सय ५९ भूमिहिन दलित र आठ हजार सात सय ५२ भूमिहिन सुकुम्वासी तथा अव्यवस्थित बसोवासीले जग्गाको लागि निवेदन दिएका नापी कार्यालय मलंगवाका प्रमुख सञ्जय मानन्धरले बताए।उनका अनुसार अघिल्लो सरकारले बनाएको भूमि समस्या सामधान आयोग वर्तमान मन्त्रीपरिषद्ले केही दिनअघि खारेज गरिसकेको छ । 

सम्बन्धित समाचार