अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुको आन्दोलन निरन्तर,विभाग घेर्न जाने तयारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१२ गते   ५६२ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीका हुलाक कार्यालयहरुमा कार्यरत २ सय ३२ जना कर्मचारीहरु आन्दोलित भएका छन् । जेठ १५ गतेको बजेट भाषणमार्फत सरकारले अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि जिल्लाका अतिरिक्त हुलाक कार्यालयहरुमा कार्यरत २ सय ३२ कर्माचारीहरु आन्दोलीत हुनु परेको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन सर्लाहीका सचिव शेखर खड्काले बताए ।


उनका अनुसार जिल्लामा १४ वटा ईलाका हुलाक कार्यालयहरु र ७९ वटा अतिरिक्त हुलाक कार्यालयहरुमा दैनिक करिब ३ हजार चिठ्ठी पत्रहरु आउने जाने हुने गर्दछन् भने दुई सय ३२ जना कर्माचारीहरु कार्यरत रहेकामा भएपनि सरकारले अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुको व्यावस्थापन नगरी कार्यालयहरु खारेज गरेपछि आफुहरु आन्दोलनमा उत्रिनु परेको हो ।


“आन्दोलित कर्मचारीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्नु पर्ने,लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन,राजिनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चित गराउन”लगायतका माग राख्दै आफुहरु चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन सर्लाहीका अध्यक्ष विजय यादवले बताए ।
उनका अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको त्यसका साथै आफुहरुले जिल्लाहरुमा विरोधका कार्यक्रमहरु गरेको र अब राजधानीमा गएर विभागमा आन्दोलन गर्ने बताउनु भयो । “बेरोजगारीलाई रोजगारीको व्यावस्था गर्ने बताई रहेको सरकारले लामो समयदेखि काम गरि रहेका अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुलाई हचुवाको भरमा अलपत्र पार्ने काम गरेका कारण आफुहरु आन्दोलनमा उत्रिएका हौँ ।”अध्यक्ष यादवले बताए ।
जेठ १६ गतेदेखि नै अतिरिक्त हुलाक कार्यालयहरुले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरी हुलाक कार्यालयहरुमा कार्यरत कर्माचारीहरुले आन्दोलन सुरु गरेका अखिल नेपाल अस्थायी करार ज्यालादारी कर्माचारी संघ,मधेश प्रदेशका अध्यक्ष लालबाबु यादवले बताए । उनका अनुसार सरकारले कार्यालय खारेज गर्ने घोषणा गरेपछि वर्षौदेखि सेवा प्रदान गर्दै आइरहेका हुलाक कार्यालयहरुका कर्माचारीहरु कामकाजविहीन हुने भन्दै कर्मचारीहरुले आन्दोलन सुरु गरिएको हो ।
आन्दोलनको कार्यक्रम अन्तर्गत असार ९ गतेसम्म कार्यालय बन्द गरेर कामकाज ठप्प पारिएको,असार १० गतेबाट अतिरिक्त हुलाक कार्यालयहरुसँगै इलाका हुलाक र जिल्ला हुलाक कार्यालयमा समेत अतिरिक्त हुलाक कार्यालयका कर्माचारीहरुले तालाबन्दी गरेका र अब काठमाण्डौँमा विभाग घेर्ने जाने तयारी गरीएको अखिल नेपाल अस्थायी करार ज्यालादारी कर्माचारी संघ,मधेश प्रदेशका अध्यक्ष यादवले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech