सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर कृषि उपज बजारको स्वामित्व र सञ्चालन प्रक्रियालाई लिएर स्थानीयस्तरमा विवाद चर्किएको छ।सर्लाहीको पुरानो बजारको रुपमा रहेको नवलपुर बजारको जग्गाको सवालमा लालबन्दी नगरपालिका–२ स्थित रहेको नवजीवन विद्याश्रम मा.वि.को स्वामित्वको सवालमा पटक पटक विवाद सृजना हुँदै आएको थियो ।

विद्यालयको स्वामित्वमा रहेको उक्त जग्गाको सवालमा लालबन्दी नगरपालिकाको पहलमा उक्त जग्गा खरिद गरी कृषि उपज बजार,नवलपुरको नाममा दर्ता गरिएको भएपनि लालबन्दी नगरपालिकाको १६ औँ नगर सभाबाट बजारको अधिकारको उक्त जग्गा पुन विद्यालय कै स्वामित्वमा हस्तान्तरण गर्ने निर्णय गरिएपछि अब नवलपुर कृषि उपज बजारको स्थायीत्व माथि प्रश्न उठेको छ ।
लालबन्दी नगरपालिका–१ वडा कार्यालय र कृषि उपज बजार व्यवस्थापन समिति नवलपुरलाई आधिकारिक रूपमा जानकारी वा निर्णय नगराइ नगरपालिकाले एकल निर्णय गरेको भन्दै स्थानीयले आक्रोस व्यक्त गरेका छन् ।नगर प्रमुख बासुदेव अधिकारी र लालबन्दी नगरपालिका–१ का अध्यक्ष हरि बहादुर भट्टराई(हरिहर)को सहमतिमा बजारको अधिकार विद्यालयलाई हस्तान्तरण गरिएको स्थानीयले आरोप छ ।

यता,आफुलाई कुनै जानकारी नभएको र लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले स्वच्छाचारी निर्णय गरेका लालबन्दी नगरपालिका–१ का वडा अध्यक्ष भट्टराईले बताए।कृषि उपज बजार व्यवस्थापन समिति नवलपुरले काम गर्न नसकेपछि समिति विघटन गरेको साथै उत्त जग्गा नगरपालिका र विद्यालयको नाममा रहेको पाईए पछि हाललाई विद्यालयको स्वामित्वमा पठाउने निर्णय भएको नगर प्रमुख अधिकारीले बताए।उत्त बजारबाट १० प्रतिशत बहाल कर नगरपालिकाले लिने,७० प्रशित विद्यालयले लिने र २० प्रतिशत समितिले लिने साथै हाल समितिको नामको आर्थिक कारोबार विद्यालयको खातमा जम्मा गर्न नगरपालिकबाट पत्राचार भएको नगर प्रमुख अधिकारीले जानकारी दिए ।
उनका अनुसार हाल विद्यालयले लगत संकलन तथा सर्वेक्षण गर्ने काम सुरु भएको र जग्गा दातालाई समेत समावेश गरेर पुन समिति गठन गरेर काम गर्ने सवालमा विस्तृत छलफल हुने छ ।विस्तृत छलफलमा कृषि बजार मोडल मै जाने सहमती भए सोही अनुसार गर्न सकनिे लालबन्दी नगरपालिकाले जनाएको छ ।