Close This

राजर्षि जनक कपको पहिलो खेलमा जवालाखेलसंग एपीएफ पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२५ गते   २८९ पटक हेरिएको

 सर्लाहीको बागमती नगरपालिका ११ मा आयोजना गरिएको सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीताको पहिलो खेलमा जावलाखेल यूथ क्लबले शसस्त्र प्रहरी बल   (ए.पि.एफ.) क्लबलाई १–० गोल अन्तरले पराजीत गरेको छ । बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना गरिएको मधेश प्रदेश कैसर्वाधिक धनरासीको सातौँ राजर्षी जनक कप फुटबल प्रतियोगीता अन्र्तगत बुधबार भएको पहिलो खेलमा जावलाखेल यूथ क्लबले शसस्त्र प्रहरी बल (ए.पि.एफ.) क्लबलाई १–० गोल अन्तरले पराजीत गरेको हो ।


खेलको ६३ औँ मिनेटमा जावलाखेलको तर्फबाट विनोद के.सी.ले गरेको गोल नै जावलाखेलको जितका लागि निर्णायक गोल बनेको हो । वैकल्पिक खेलाडी के.सी.ले मैदान प्रवेश गरे लगतैै हेडमार्फत गोल गरेका हुन् । उनले हिसुब थपलियाले प्रहार गरेको बललाई हेड मार्फत सुन्दर गोल गर्न सफल भएका आयोजक बागमती युवा क्लबले जनाएको छ । 
एपीएफले सुरुदेखि नै निकै आक्रमक खेल प्रस्तुत गरे पनि बारम्बार पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नुपरेको हो । निकै चुस्त खेल प्रस्तुत गरेका जावलाखेलका गोलरक्षक अनिश देउला बुधबारको खेलमा म्यान अफ दी म्याच घोषित भएका आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए । उनका अनुसार एपीएफका खेलाडीले बारम्बार प्रहार गरेको बललाई रोक्न सफल भएका देउलाले म्यान अफ दी म्याच बन्दै नगद रु १० हजार हात पारेका छन् ।
 खेलको मध्यान्तरसम्म एपीएफसंग निरीह देखिएको जावलाखेलले मध्यान्तरपछि भने खेलमा सुधार गरेको थियो । प्रतियोगितामा बिहीबार यूनाईटेड किङडम फुटबल क्लब दार्जिलिङ र सूदुरपश्चिम–११ धनगढीबीच खेल हुने आयोजकले जनाएको छ । बागमती नगरपालिका र बागमती युवा क्लबको आयोजनामा आजबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सञ्चालन हुने छ । प्रूतियोगीताको बिजेताले नगद रु १० लाख र उपबिजेताले नगद रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।
यस्तै,प्रत्येक विधाका उत्कृष्ट खेलाडीले नगद रु २५ हजार र आयोजक बागमती युवा क्लबको तर्फबाट उत्कृष्ट खेल खेल्ने एक जना खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने छन् । प्रतियोगितामा बुधबार अपरान्ह नेपाल सरकारका उपप्रधान एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले उद्घाटन गरेका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech