सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहित छ जना विरुद्ध अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धामा उनलाई दोषी देखाइएपछि “मेयर” चलचित्र के हुने भन्ने अन्यौलता सृजना भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख थापा सहित छ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्धा विशेष अदालतमा दायर गरेपछि विशेष अदालतले नगर प्रमुख थापा सहितका तीन जनालाई दोषी देखाएपछि जनमानसमा “मेयर” चलचित्र के हुने भन्ने अन्यौलता सृजना भएको हो ।
बागमती नगरपालिकाको विकास निर्माण सहित विगतको बागमती र हालको बागमतीको वस्तुगत चित्रण गर्न फागुन २ गतेबाट छायांकन सुरु गरिएको “मेयर”चलचित्र उनै नगर प्रमुख थापा भ्रष्टाचार मुद्धामा दोषी देखिएपछि के हुने भन्ने अन्यौलता सृजना भएको हो ।बागमती नगरपालिकाका नगर प्रमुख थापालाई बागमती माछा पोखरी(भरत ताल)निर्माणमा भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गर्दै एक वर्ष कैद र तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ जरिवाना तोकेको छ।
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बागमती नगरपालिकाको विकास निर्माण सहित विगतको बागमती र हालको बागमतीको वस्तुगत चित्रण गर्न फागुन २ गतेबाट छायांकन सुरु गरिएको“मेयर”चलचित्र नगर प्रमुख थापा माथिको भ्रष्टाचार मुद्दाले फिल्मको भविष्य अन्योल ग्रस्त बनेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षदेखि सर्लाहीको बागमती नगरपालिकामा भएको भ्रष्टाचार सम्बन्धी विषयमा अनुसनधान गरी तीनवटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो।
खनालको निर्देशनमा शीर्ष भूमिकामा खगेन्द्र लामिछानेलाई लिएर फिल्म छायांकन गरिएको र छायांकन सकिएर पनि यो फिल्म पोस्ट प्रोडक्सनको चरणमा थियो।निर्देशक खनाल त्यसपछि “हरिबहादुरको जुत्ता”तर्फ व्यस्त रहे।हाल सम्म कै सबै भन्दा ठूलो क्लाउडमा निर्माण भएको “मेयर”चलचित्र पछि निर्देशक खनाल अर्काे बायोपिक फिल्म “क्याप्टेन साब”को छायांकनमा व्यस्त रहेका कारण “मेयर”चलचित्र पर्दामा आउन ढिला भएको थियो ।
“मेयर”चलचित्र निर्मातामा सागर मैनाली र नगर प्रमुख थापाकी छोरी अरविसा थापा रहेका थिए ।जसको कामलाई समेटेर तयार पारिएको चलचित्र पर्दामा आउनु अघि नै उनै व्यक्तिलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेपछि चलचित्रको निर्माण पक्ष मौन देखिएको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर,सदस्यहरू मुरारी बाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले रु ३० करोड २९ लाख ३४ हजार ९७ बराबरको नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गर्दै नगर प्रमुख थापा,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल र योजना शाखाका इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको छ ।
अदालतले उनीहरुलाई जनही एक वर्ष कैद सजाय र बिगो माग बमोजिमको रु तीन करोड ४५ लाख २२ हजार तीन सय ८७ जरिवाना तोकेको छ।अदालतले नगर प्रमुख थापा र उनको परिवारको आय र व्ययको विश्लेषण गर्दा आयभन्दा व्यय रु तीन करोड ४५ लाख २२ हजार ३ सय ८७ बढी देखिएको फैसला गरेको छ।विशेषले सजाय सुनाउन आगामी साउन २९ गतेका लागि पेशी तोकिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो दुई वर्षयता सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछापोखरी (भरत ताल) माथि सिलसिले वार अनुसन्धान गरेको थियो।सो क्रममा ताल निर्माण गर्दा सिलसिलाबद्ध रुपमा भ्रष्टाचार भएको भनी तीनवटा मुद्दा दायर भएको थियो । अदालतले नगर उप प्रमुख लिला कुमारी मोक्तान,तत्कालीन जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी र बागमती नगरपाकिलाका तत्कालनि लेखा अधिकृत विश्वराज पोख्रेललाई प्रमाण नपुगको भनेको छ ।