एमए डब्लू प्रा.लि.बर्दिबासको आयोजनामा यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज प्रतियोगिता सम्पन्न गरेको छ।महोत्तरीको बर्दिवास स्थित रहेको यामाहाले आफ्नो स्कुटरको माईलेज च्यालेन्ज प्रतियोगिता गराएको एमए डब्लू प्रा.लि. बर्दिबासका शाखा प्रबन्धक समिर सापकोटाले जानकारी दिए ।उनका अनुसार यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न माईलेज च्यालेन्ज प्रतियोगिता गराइएको हो ।
उक्त प्रतियोगितामा ७८ दशमलव ९९ किलोमिटर कुदाएर नेवा तितुङ प्रथम भएका छन् । त्यसैगरी ७५ दशमलव ६४ किलोमिटर कुदाउने गुन्ज बाबहादुर लुङेली द्धितिय र ७२ दशमलव ९२ किलोमिटर कुदाएका राजन मण्डल तृतिय भएका शाखा प्रबन्धक सापकोटाले बताए ।यामाहाको यस उत्साहजनक पहललाई साथ दिने सहभागीहरूलाई धन्यवाद तथा विजेताहरूलाई बधाई ज्ञापन गर्दै शाखा प्रबन्धक सापकोटाले धेरै फाइदा र बिशेषताले भरिपुर्ण यामाहा रेजेडआर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटर एक आधुनिक,स्टाइलिश र इन्धन–किफायती रहेको दाबी गरे ।यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी. जस्तोसुकै भू–भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न बर्दिबासदेखि सिन्धुलीको कमलामाईसम्म प्रतियोगिता ¥याली गरिएको एमए डब्लू प्रा.लि.बर्दिबासले जनाएको छ ।
“रेजेडआर १२५ हाइब्रिड विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्न स्टाण्डर्ड, डिलक्स,प्रिमियम र प्रिमियम प्लस गरी चार स्ट्रिमहरूमा उपलब्ध छ।१४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राम तौलको यस हल्का स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस),साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधाहरू छन्।स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतःस्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षता अझ बढाउँछ।”यसका साथै पछिल्लो समयमा बलियो इन्जिन भएका कारण पनि यामाहा ब्राण्डका मोटरसाईकल तथा स्कुटीहरुको माग समेत बढी रहेको छ ।