सर्लाहीको बागमतीमा रहेको बागमती युवा क्लबको १२ वर्ष मुनिको फुटबल टिम र बाराको निजगढमा रहेको योङ्ग स्टार क्लबको १२ वर्ष मुनिको फुटबल टिम वीच मैत्रीपुर्ण खेल हुने भएको छ । बागमती युवा क्लबको १२ वर्ष मुनिको फुटबल टिम र योङ्ग स्टार क्लबको १२ वर्ष मुनिको फुटबल टिम वीच मैत्रीपुर्ण खेल हुने बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार असोज १३ गते अर्थात भोली बागमती नगरपालिका ११ स्थित रहेको स्व।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानको प्राङ्गणमा भोलि बिहान ७ बजे बागमती युवा क्लबको १२ वर्ष मुनिको फुटबल टिम र बाराको निजगढमा रहेको योङ्ग स्टार क्लबको १२ वर्ष मुनिको फुटबल टिम वीच मैत्रीपुर्ण खेल हुने भएको हो ।बागमती युवा क्लबको आफ्नै खेल मैदान बागमती नगरपालिका ११ स्थित रहेको स्व।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानको प्राङ्गणमा भोलि बिहान ७ बजे बागमती युवा क्लबको १२ वर्ष मुनिको फुटबल टिम र बाराको निजगढमा रहेको योङ्ग स्टार क्लबको १२ वर्ष मुनिको फुटबल टिम वीच मैत्रीपुर्ण खेल हुने भएकाले फुटबल प्रेमी महानुभावहरुलाई उपस्थितिको लागि अनुरोध गरिएको बागमती युवा क्लबका सचिव एवम बागमती नगर खेलकुद विकास समितिका सह संयोजक कुमार प्रधानले जानकारी दिए । त्यसैगरी बागमती युवा क्लबको महिला फुटबल टिम र बाराको निजगढमा रहेको योङ्ग स्टार क्लबको महिला फुटबल टिम वीच पनि मैत्रीपुर्ण खेल हुने बागमती युवा क्लबले जनाएको छ ।
मोफसलमा रहेर बागमती युवा क्लबले विभिन्न प्रतियोगीताहरुमा ए डिभिजन लिगका च्याम्पीएन टिमहरुलाई समेत पराजित गरि सकेको र बागमती युवा क्लबको आफ्नै छुट्टै पहिचान समेत रहेको बागमती युवा क्लबका सचिव प्रधानले बताए । आफ्नै खेलमैदान,क्लबको बस स्पोट एकेडेमी समेत रहेको बागमती युवा क्लबलाई बागमती नगरपालिकाले अभिभावकत्व गरि रहेको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए ।उनका अनुसार बागमती युवा क्लबले मधेश प्रदेश कै सर्वाधिक धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगीता हरेक वर्ष सञ्चालन गर्दै आएको छ ।
खेलुकुदको माध्यामबाट पहिचान तथा सम्बन्धहरु विस्तार हुनुका साथै गैर कानुनी कार्यमा लाग्ने युवाहरु खेलकुदमा संग्लग्न हुँदा त्यस प्रकारका काममा लाग्न नपाउने जसका कारण समाजमा विकृति विसंगति नफैलिने भएकाले खेलकुदलाई प्राथमिकता दिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए । उनका अनुसार नयाँ नयाँ खेलाडीहरु उत्पादन हुने साथै खेलाडीहरुको मनोबल बढाउन पनि समय समयमा यस प्रकारका प्रतियोगीताहरु भई रहनु आवश्यक छ ।