Close This

आत्मानिर्भर र स्वरोजगार उन्मुख बागमती बनाउने योजना छ ः नगर प्रमुख थापा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-३० गते   २३२ पटक हेरिएको

जनप्रतिनिधि निर्वाचित भएको सय दिन पुरा भइसकेको छ । सय दिन वित्दै गर्दा बागमती नगरपालिकाले जनतामा आश जगाउने कार्य गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको विकासको मोडल तयार पार्ने तथा पाँच बर्षसम्ममा बागमती नगरपालिका कस्तो हुनेछ भन्ने खाका तयार भएको नगर प्रमुख भरतकुमार थापाले बताए ।
उनले आफु राजनितिज्ञ व्यक्तिनै भएकाले स्वभावैले पहिले पनि सामाजिक काममा नै दिनचार्य वित्ने गरेको र त्यसपछि २०७४ सालको स्थानिय निकायको पहिलो निर्वाचनमा बागमती नगरपालिकाका जनताले माया र विश्वास गरेर नगर प्रमुख निर्वाचित गराएका थिए । जब पहिलो पटक नगर प्रमुख निर्वाचित भएँ तबबाट राज्यले दिने सेवा सुविधा नलिई जनताको साथमा निरन्तर रहेँ । त्यहिबेला देखि नगरपालिका भित्र कसरी काम गर्दा स्थानियलाई बेरोजगार मुक्त गर्न सकिन्छ । नगरबासीलाई खुसी पार्न सकिन्छ । नगरबासीका मागहरु के के हुन ? नगर भित्र आन्तरीक आय स्रोतको सम्भावना के छ ? भन्ने विषयमा अध्यायन गरियो । जस अनुसार भौतिक पुर्वाधार विकास साथै नगर भित्रको शिक्षा,स्वास्थ्य,खानेपानी र विद्युतीकरण लगायतका विषयमा पहिलो प्राथमिकताका साथ पहिलो कार्यकालमा काम गरेको नगर प्रमुख थापाले बताए ।


स्थानिय निकायको २०७९ को निर्वाचनमा पनि बागमती नगरपालिकाको पुन नगर प्रमुखमा निर्वाचित भएपछि पनि नगरप्रमुख थापाको टिमले पहिला बनाइएको योजनाहरु जो पुराहुन बाँकी रहेका थिए। तीनै योजनाहरुलाई निरन्तरता दिनेकाम गरि रहेको छ । जसमा १२१ विघाको बागमती माछा पोखरी,सय विघाको फनपार्क निर्माणको काम चलि रहेको छ । सुकुम्वासी व्यावस्थापनको काम चलि रहेको छ । भने १५०विघाको नगरवगैँचाको काम करिब सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

पहिलो पटक निर्वाचित हुँदा भन्दा अहिले विशेष गरि केहि जिम्मेवारी थपिएको र केही अनुभवहरु पनि थपिएको महशुस गरेको नगर प्रमुख थापाले बताए । बागमतीको विकासको अवस्था नगरपालिकाको प्रशासनिक चुस्त दुरुस्तको अवस्थासँगै बागमतीलाई आत्मानिर्भर नगरपालिका बनाउने  योजनामा नै काम हुदै छ । बागमतीका जनताको अपेक्षा कस्तो छ भन्ने विषयमा जनताको घरदैलोमा गएर बुझ्ने काम निरन्तर चलि रहेको छ । जनतासँगै जोडिएर जनताको चाहना र आवश्यकताका कामलाई प्राथमिकतामा राखिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन ।


विशेषत नगरप्रमुख निर्वाचित भएसँगै कार्यालय भित्रबाट सेवाग्राहीलाई दिइने सेवा चुस्त दुरुस्त र छिटो दिने गरि काम पहिला देखिकै चलेको थियो । पहिलो कार्यकालमा जनप्रतिनिधि भन्दा कर्मचारी हावी हुने अवस्थालाई न्युनिकरण गरियो । जनतालाई हाताहाती तत्काल सेवा दिनुपर्नेमा जनतालाई विभिन्न वाहनामा घुमाइरहने प्रवृत्तिको अन्त्य हामीले पहिलै गरि सकेका थियौँ । अब करिब १ हजार २ सय जनालाई रोजगारी दिन सक्ने बागमती माछा पोखरीको काम सकाउनु पर्ने छ । नगर वगैँचाको काम करिब सकिएको छ । फन पार्क निर्माणको काम चलि रहेको छ ।यो पुरा गर्नु पर्ने छ । शिक्षा स्वास्थ्य र बेरोजगारीको समस्या समाधान गर्न ५ वर्षे नगर कार्य योजना बनाइ सकिएको नगर उप प्रमुख मोक्तानले बताईन ।“बागमतीमा विशेष गरि सुकुम्वासीहरुको व्यावस्थापन चुनौतीको विषय छ । तरपनि आफुहरुले पहिलो कार्यकाल मै करिब ७ हजार ५ सय घर सुकुम्वासी भुमिहिनहरुको  व्यावस्थापन गरि सकेका छौँ ।”नगर उप प्रमुख मोक्तानले भनिन् ।
नगर भित्रका सरकारी कर्माचारीहरुका साथै जनप्रतिनिधिहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने व्यावस्था गरिएको नगर कार्यपालिकाले जनाएको छ । नगरका धेरै जसो विद्यालयहरुमा प्राविधिक शिक्षा,कम्प्युटर ल्याव,बालमैत्री पठनपाठनका साथै भौतिक पुर्वाधारहरुका काम भएका बागमती नगरपालिका÷नगर कार्यपालिका सदस्य राजकुमार वि.कले बताए ।
स्वास्थ्य संस्थाहरुको स्तरोउन्नती गरि सकिएको छ । दक्ष जनशक्ति मार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । साथै यो सय दिनमा विशेष गरि नगरपालिकाले पाँच बर्षमा के के गर्न सकिन्छ भनेर अध्ययन गरि  योजना बनाउने र केहि अधुरा अपुरा कामको सुरुवात गर्ने निर्णय गरेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम श्रेष्ठले बताए ।
बागमती नगरपालिका भित्र रहेका बेरोजगार युवाहरुलाई यहि रोजगारी दिन पाँच बर्षभित्रमा उद्योगहरु स्थापना गरि सञ्चालनमा ल्याउने,बागमती माछा पोखरी निर्माण सम्पन्न गर्ने,फनपार्क निर्माण सम्पन्न गर्ने योजना रहेको नगर प्रमुख थापाले बताए । यस्तै अन्नभण्डारको रुपमा यहि क्षेत्र परिचित रहेको छ त्यसैले कृषिमा आत्मानिर्भर बनाउने तर्फ लाग्ने र व्यवसायीक कृषिमा लाग्न किसानलाई उत्प्रेरित गराउने नगरपालिकाले योजना बनाएको छ । विशेष गरि पाँच बर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउदै व्यवस्थित भुउपयोग नीति अवलम्बन गरेर बागमती नगरपालिकाको कुन क्षेत्रमा कुन खेती गर्न सकिन्छ भन्ने विषयमा पनि अध्यायन भई रहेको र अबको एक दुई दिनमा त्यो काम सकिन्ने नगरपालिकाको कृषि शाखाले जनाएको छ ।


त्यस्तै नदी नियन्त्रण,खेल मैदान, प्रतिक्षालयहरु तथा पार्क लगायतका पुर्वाधारका कामहरु पनि गर्नु पर्नेछ भने चुरे क्षेत्रमा  सडक,विजुली र खानेपानीको काम अलिअलि बाँकी छ त्यो सकाउने योजना रहेको बागमती नगरपालिकाका ११ का वडा अध्यक्ष प्रदिप आचार्यले बताए । धार्मिक तथा पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै चुरे पहाडमा गौतम वुद्धको मुर्ती बनाउने,बागमती माछा पोखरीको छेउमा विशाल शिव पार्वतीको मुर्ती सहित मिनी नेपालको योजना पनिरहेको नगर प्रमुख थापाले बताए । पुर्वधारमा विशेष गरि बागमती नगरपालिका भित्रका सडकहरुको काम अघिल्लो कार्यकाल मै करिब सकिएको छ । बाँकी रहेको केही स्थानहरुको सडकको काम यो पाँच वर्षमा पुरा हुने छ । नगर भित्रका सबै सडकहरुलाई कालोपत्रे बनाई धुलो मुक्त नगर बनाउने योजना रहेको बागमती नगरपालिका १का वडा अध्यक्ष गंभिर सिंह पाख्रिङले बताए ।
त्यस्तै,बागमती नगरपालिका भित्र ऐलानी जमिन धेरै छ । जहाँ सुकुम्वासी तथा भुमिहिनहरुलाई व्यावस्थापन गरिएको छ । उनिहरुलाई जमिनको मालिक बनाउने विषयलाई  आफुहरुले गंभिर रुपमा लिएकोनगर प्रमुख थापाले बताउनु भयो । “यस क्षेत्रमा लामो समयदेखि भुमिहिन सुकुम्वासीहरु बसोबास गरिरहेका छन् । तर उनिहरुले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन् ।हामीले केही दिन पहिला पनि यो विषयमा भुमि आयोगसंग छलफल गरि रहेका छौँ । यस विषयमा अहिले आयोगले लालपुर्जाको लागि तयारी थालि सकेको छ । हामी चाँडै नै उनिहरुलाई भुमिहिन र सुकुम्वासीबाट मुक्त गराई लालपुर्जा वितरणको काम सुरु गछौँ ।”नगर प्रमुख थापाले बताए । त्यस्तै सुकुम्वासी बस्तीहरुमा विद्यालय तथा स्वास्थ्य संस्था,खानेपानी,विजुली र सडक पुर्वाधारको काम पनि चलि रहेको उनले बताए ।
यता,स्थानिय स्तरमा खेलकुदलाई विकास गर्दै लैजाने भनेर हामीले २०५३ सालमा बागमती युवा क्लब गठन गरेका थियौँ । सो क्लब मार्फत क्लब र नगरपालिकाको सहयोगमा मधेश प्रदेश स्तरीय राजर्षि जनक कप फुटबल प्रतियोगीता २०७३ सालबाट मधेश प्रदेशमै पहिलो पटक सुरु गरी हरेक वर्ष निरन्तर गरि रहेका छौँ । नगरपालिकाको सहयोगमा क्बलले स्पोर्ट एकेडेमी सञ्चालन गरिरहेको छ भने क्बलले देशका विभिन्न स्थानमा भएका फुटबल प्रतियोगीताहरुमा सहभागीता जनाई बागमती नगरपालिका र क्बलको नाम चम्काउन सफल भएको बागमती नगर खेलकुद संयोजक सागर मैनालीले बताए । उनका अनुसार अहिले क्लबले लेडिज र जेन्सको फरक फरक स्पोर्ट एकेडेमी सञ्चालन गरिरहेको छ । क्लबसंग स्पोर्ट एकेडेमीमा लेडिज र जेन्स गरेर करिब ५० जना खेलाडीहरु रहेका छन् । भने मधेश प्रदेश कै उत्कृष्ट खेल मैदान क्बलको आफ्नै छ । क्लबका ४÷५ जना खेलाडीहरु विभिन्न उमेर समुहबाट राष्ट्रिय टिममा छनोट समेत भईसकेका छन् । भने क्लबले आफ्ना खेलाडीहरु अन्यन्त्र हुने प्रतियोगीताहरुमा लैजान ल्याउन क्लबको आफ्नै बस छ । क्लबका खेलाडीहरु र नगरका नागरिकहरुका लागि न्युन शुल्कमा क्लबले एम्बुलेन्ससञ्चालन गरि रहेको नगर खेलकुद संयोजक मैनालीले बताए । बागमती युवा क्लबको खेल मैदान मधेश प्रदेशकै उत्कृष्ट खेल मैदान रहेको बागमती युवा क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताए ।
त्यस्तै बागमती माछा पोखरीको विषयमा निकै नकारात्मक प्रचारबाजी भएको थियो त्यो वास्तविकता केहो ? भन्ने राससको प्रश्नमा नगर प्रमुख थापाले बागमतीको विकास देख्न नसक्नेहरुको छटपटी रहेको बताए । उनले  “यदी कोही कसैले गरेको आलोचनात्मक चर्चा जस्तै अनियमितता र वेरुजु छ भने छानविन होस ।वास्तविकता केहो ?त्यो पत्ता लागोस । दोषीलाई कार्बाही होस ।”बताए ।
बागमती नगरबासीका योजना,चाहना र आवश्यकताहरु पुरा गर्न आफुले कुनै व्यक्तिगत स्वार्थ नराखी काम गरेको र कर्माचारीहरु र जनप्रतिनिधिहरुको समेत पुर्ण सहयोग रहेको नग प्रमुख थापाले बताए ।“नगरका साझा योजनाहरु,नगरबासीहरुका चाहनाहरु र आवश्यकताहरुमा कुनै जनप्रतिनिधिहरु र कर्माचारीहरुको असहयोग छैन ।सबैको चाहना एउटै छ । बागमती नगरपालिकालाई देशकै एक नमुना र चर्चा गर्न लायक नगरपालिका बनाउने योजना छ त्यस कारण सबैको साथ सहयोग छ। नगरबासीहरुको माया र विश्वास छ । हाम्रो नगरपालिकाको कार्यपालिका बैठकमा नै नगरबासीका साझा धारण,माग र आवश्यकताका विषयमा छलफल हुन्छ । सबै जनप्रतिनिधिहरुको चाहना बागमती नगरपालिकालाई कसरी देश कै नमुना नगरपालिका बनाउन सकिन्छ । भन्ने छ । भने हामी जनप्रतिनिधिहरुका साझा धारणाहरु कर्माचारी साथीहरुले बुझि सक्नु भएको छ । सोही अनुसार काम हुने गरेको छ । ” नगर प्रमुख थापाले बताए ।
सबै जनप्रतिनिधि र कर्माचारीहरुको चाहना बागमती नगरपालिकालाई देश कै उत्कृष्ट नगरपालिका बनाउने रहेका कारण पहिलो स्थानिय निकायको निर्वाचन २०७४ बाट निर्वाचित भएरआउनु भएका जनप्रतिनिधिहरुको लगनसिल्ता र उहाँहरुका साझा विषयमा हाम्रो सहयोगले बागमती नगरपालिका देशभरका नगरपालिकाहरु मध्य उत्कृष्ट पाँचमा पर्न सफल भएको प्रमुख प्रशासकिय अधिकृत विमल कुमार पोख्रेलले बताए । बागमती नगरपालिकाका सबै जनप्रतिनिधिहरु निस्वार्थ भावले काम गरि रहनु भएको छ । जसका कारण नगरको विकास र समृद्धिका लागि हामी कर्माचारीहरुको साथ पनि निरन्तर रहेको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले बताए ।“जनप्रतिनिधिहरुले नीयमानुसार गर्न सकिने र मिल्ने काममा हामीले पनि साथमा साथ र हातमा हात मिलाएका छौँ । नगरबासीका मागलाई आवश्यकता र औचित्यका आधारमा क्रमागत रुपमा सम्बोधन गरिदै लगिएका कारण पहिलो स्थानिय निकायको निर्वाचन पछि हामी देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ट पाँचमा पर्न सफल भयौँ ।”प्रमुख प्रशासकिय अधिकृत पोख्रेलले बताए ।
तपाईहरुलाई प्रतिपक्ष दलको साथ कतिको रहयो ? भन्ने राससको प्रश्नमा नगरप्रमुख थापाले “उहाँहरुले प्रतिपक्ष दलको भुमिका निर्वाह गर्नुभयो । तथापी पनि असहयोग भने भएन । अहिले पनि एक जना नेपाली कांग्रेसबाट र एकजना नेकपा(एमाले)बाट वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । निर्वाचनको समयमा फरक फरक पार्टीबाट उम्मेदवार भएपनि हामी सबैको चाहना बागमतीलाई समृद्ध बागमती बनाउने हो । त्यसकारण उहाँहरुको सन्तोषजनक प्रतिक्रिया रहेकोे रहयो ।”

मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि तपाई सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार सिफारिस हुनु भयो ? निर्वाचन जितिन्छ ? हाम्रो प्रश्नमा “सर्लाही क्षेत्र नम्बर ३ का नेता कार्यकर्ताहरुले विश्वास गर्नु भयो । यस क्षेत्रका जनताले चाहनु भयो र उम्मेदवार सिफारिस भएँ । बागमतीमा गरेको कामको जनताले मुल्यांकन गर्नेछन् र म सर्लाही क्षेत्र नम्बर ३ वटा प्रतिनिधि सभा सदस्य निर्वाचित हुन्छु । मलाई यहाँका जनताले विश्वास गर्ने छन् । ” नगर प्रमुख थापाले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech