Close This

लक डाउनका कारण बजार बन्द हुँदा किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाएन

रासस    प्रकाशित: २०७७-२-१२ गते   ६८३ पटक हेरिएको

जिल्लाको हरिवन नगरपालिका–४, सासापुर तीनघरेका एक दम्पत्तिले  पाँच बिगाह जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन । हरिवन नगरपालिका–४, सासापुर तीनघरेका स्थानीय रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिगाह जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन । 
५ बिगाह जग्गाको वर्षमा ३ लाख रुपैयाँ भाडा तिरेर उनिहरुले उत्पादन गरेको तरकारीले बजार नपाउँदा उनिहरु समस्यामा परेका छन । तरकारीको मुख्य सिजनको समयमा विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) विरुद्ध सरकारले लक डाउन घोषणा गरेपछि उत्पादीत तरकारी बारीमै कुहिएर खेर गएको उनीहरुले गुनासो गरेका हुन् । 
तीन बिगाहमा लगाएको भिन्डी, फर्सी, घिरौला, लौका र दुई बिगाहमा लगाएको परवल उत्पादन भएपनि बिक्री गर्न नपाउँला उनिहरु समस्यामा परेका हुन । तरकारी उत्पादनको मुख्य सिजनमै बन्दाबन्दी अर्थात लकडाउन भएपछि तरकारी बेच्न नपाएको रामकुमारले गुनासो गरेका छन ।
तरकारी उत्पादन भयो तर बजार पाएन,लक डाउन भयो बिक्रि वितरण भएन बेचन नपाएपछि १५ कठ्ठामा लगाएको भिन्डी ट्याक्टर लगाएर जोते भुजेलले गुनासो गर्नु भयो । प्रतिकिलो पाँच रुपैयाँमा समेत बिक्री नभएपछि आफुले बाध्य भएर जोतेको भुजेलको भनाई छ । विभिन्न ठाउँका व्यापारीले तरकारीका लागि सम्पर्क गरेपनि लकडाउनले गर्दा कोही पनि आउन वा कही पनि पठाउन नपाएको रामकुमारको भनाई छ ।
ज्यालामा मान्छे लगाएर निकै मेहनत गरी पाँच बिगाहमा फलाएको तरकारी बिक्री नहुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको रामकुमारकी श्रीमती सम्झना भुजेलले गुनासो गर्नु भयो । दुवै जना डिग्री पास गरेर पनि कृषि कर्ममा लागेका भुजेल दम्पत्तिले कोरोना भाईरस (कोभिड–१९) को विरुद्ध देशभर लगाइएको लकडाउनले गर्दा तरकारी बिक्री नहुँदा मर्कामा परेको भन्दै स्थानीय सरकारसँग सहयोगको माग समेत गरेका छन् । उनिहरुले आफ्नो खेतबारीमा उत्पादीत तरकारी बिक्रि वितरण गरेर घर व्यावहार चलाउने गरेका थिए ।
त्यसैगरी लक डाउनका कारण ढुवानी गर्ने साधनको अभाव र  बजार बन्द भएका कारण व्यावसायिक तरकारी खेती गर्ने जिल्लाका  किसानहरु मारमा परेका छन ।तरकारी उत्पादनको मुख्य सिजनमा लक डाउन सुरु भएपछि तरकारी बिक्री नहुँदा उत्पादन भएका तरकारी बारीमै कुहेर खेर जान थालेको छ। 
लकडाउनका कारण जिल्लाका अधिकांश साप्ताहिक हाटबजारहरु लाग्न छाडेका छन भने बाहिर पठाउन सवारी साधन सत्तचालन नहुँदा खेतबारी मै तरकारी कुहिन थालेका किसानहरुले गुनासो गरेका छन ।कोरोना संक्रमण फैलिने डरले गाउँघरका  हाटबजारमा मानिसको चहलपहल बन्द हुँदा उत्पादित तरकारी खेतबारीमै सुक्न थालेको छ ।
उत्पादन भएका तरकारी  बजारसम्म पुर्याउने  साधनको अभाव,बाहिरका व्यापारीहर खेतबारीमा नआउने लगायतका समस्याका कारण तरकारी उत्पादक किसानहरु मारमा परेका हुन ।
उत्पादन गरेको  तरकारीहरु खेतबारीमै कुहिन थालेपछि तरकारी खेतीबाट जीविका चलाई रहेका कविलासी नगरपालिका ९ सलेमपुरका किसान जोगी महतोले घर परिवार चलाउन समस्या सुरु भएको बताएका छन ।
उत्पादीत तरकारीहरु बिक्रीका लागि बजार सम्म लान नसकेकोले पशुचौपायालाई खुवाउनु परेको तरकारी उत्पादक किसान महतोले बताएका छन । साहु सँग केही पैसा ब्याजमा लिएर सुरु गरेको तरकारी खेतीबाट आम्दानी हुनुको साटो साहुको ब्याज तिर्न समेत नसक्ने अवस्था सृजना भएको सलेमपुरकै अर्का तरकारी उत्पादक किसान ठगा रायले गुनासो गरेका छन ।
व्यावसायिक रूपमा लगाएको तरकारी बाली जिल्ला सदरमुकाम लगायत जिल्ला भन्दा बाहिर व्यापारीहरुलाई सम्पर्क गरेर पठाउने गरेको भएपनि लक डाउनका कारण व्यापार व्यावसाय पनि बन्द र  ढुवानी गर्ने सवारी साधन पनि बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी त्यसै खेर गएको छ । 
बजार बन्द भएपछि बोंडी, लौका,भिन्डी, घिरौला , रामझिंगनी ,भान्टा  काँक्रो, करेला ,विभिन्न किसिमका हरिया सागहरुका साथै हरियो खुर्सानी,टमाटर लगायतका तरकारी बालीहरु बारीमै कुशिन थालेको छ ।  तरकारी उत्पादनको सिजनमा लक डाउन भएका कारण बिउबिजन तथा मलखाध  ल्याउन नसकिएको भन्दै व्यापारीहरुले पनि चर्काे शुल्क असुल्ने गरेका हरिवन नगरपालिका २ का तरकारी उत्पादक किसान रामपुकार महत्तोले बताए । तरकारी उत्पादनबाट जीविका चलाउने किसानहरुले उत्पादीत तरकारी बिक्रि वितरण गर्न नपाएपछि घर खर्च टार्नसमेत समस्या हुन थालेको कृषकको गुनासो छ ।

दिनरात  मेहनत गरेर उत्पादन गरेको तरकारी   बिक्री नभएपछि सस्तोमा दिनुपर्ने र पशुचौपायालाई खुवाउनु पर्ने किसानहरुले गुनासो गरेका छन ।कहिलेकाहीँ केही ब्यापारीहरु खेतबारीमा आएर तरकारी लगिहाले पनि उत्पादन धेरै भएको र माग थोरै भएपछि व्यावसायिक रूपमा तरकारी खेती गर्ने किसानहरु थप समस्यामा परेका कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech