सर्लाहीबाट राष्ट्रिय सभाका लागि एक हजार बढी मतदाता,मधेश प्रदेशबाट पाँच जना उम्मेदवार,देशभर १९ सिटका लागि ५२ जनाको उम्मेदवारी

355 Shares

राष्ट्रिय सभा निर्वाचनका लागि सर्लाहीबाट ५२ जना मतदाताले मतदान गर्ने भएका छन् । जिल्लाका २० वटा स्थानीय तहबाट गाउँपालिका अध्यक्ष/उप अध्यक्ष तथा नगर प्रमुख/नगर उप प्रमुख गरी ४० जना र प्रदेश सभा सदस्य तर्फ प्रत्यक्ष तर्फ आठ जना र समानुपातिक तर्फ चार जना गरी १२ जना मतदाताहरुले मतदान गर्ने निर्वाचन आयोग नेपालले जनाएको छ ।
गाउँपालिका अध्यक्ष/उप अध्यक्ष तथा नगर प्रमुख/नगर उप प्रमुखहरुको मतभार प्रतिव्यक्ति १९ र प्रदेश सभा सदस्यहरुको मतभार प्रतिव्यक्ति ५३ हुने छ ।जस अनुसार जिल्लाका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको जिल्लाका ४० जनाले सात सय ६० मतका लागि मतदान गर्नुहुने र आठ प्रदेश सभा रहेको जिल्लाका प्रत्यक्ष तर्फ आठ र सामानुपातिक तर्फ चार गरी १२ जना प्रदेश सभा सदस्यहरुले छ सय ३६ मतका लागि मतदान गर्ने छन् ।जस अनुसार माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट एक हजार तीन सय ९६ मत खस्ने निर्वाचन आयोगले जनाएको छ ।
जस अनुसार जिल्लाबाट नेपाली कांग्रेसको स्थानीय तह तर्फ चार सय ५६,र प्रदेश सभा तर्फ एक सय ५९ मत प्राप्त हुने छ भने नेकपा(माओवादी केन्द्र)बाट स्थानीय तहतर्फ एक सय ५२ जना र प्रदेश सभा तर्फ एक सय छ मत प्राप्त हुने छ ।जनता समाजवादी पार्टी(जसपा)बाट स्थानीय तहतर्फ ७६ र प्रदेश सभा तर्फ एक सय ५९,नेकपा(एमाले)बाट स्थानीय तहतर्फ ३८ र लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)बाट स्थानीय तह तर्फबाट ३८ साथै प्रदेश सभा तर्फबाट ५३ मत प्राप्त हुने छ ।साथै,नेकपा(एकीकृत समाजवादी)पार्टीबाट प्रदेश सभा तर्फ ५३,जनमुक्ती पार्टीबाट प्रदेशतर्फबाट ५३ मत प्राप्त हुने छ भने नेपाल संघिय समाजवादी पार्टीको प्रदेश सभातर्फबाट ५३ मत प्राप्त हुने छ ।
रिक्त हुनु अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाका कारण माघ ११ मा राष्ट्रिय सभाको चुनाव हुन लागेको निर्वाचन आयोगले जनाएको छ।जिल्लाबाट राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने कुनैपनि मतदाता निलम्बन नभएका साथै जनमत पार्टी,आमजनता पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लामा मतदाता नरहेका निर्वाचन आयोगले जनाएको छ भने जिल्लाबाट कुनै पार्टीका उम्मेदवार समेत नरहेका आयोगले जनाएको छ ।माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सबै भन्दा धेरै मतदाता मधेश प्रदेशबाट छन् भने सबै भन्दा कम मतदाता कर्णाली प्रदेशबाट रहेका छन् ।मधेश प्रदेशका एक सय ३६ वटा स्थानीय तहबाट दुई सय ७२ जनाले पाँच हजार एक सय ६८ र एक सय सात प्रदेश सभाबाट पाँच हजार छ सय ७१ मत गरी १० हजार आठ सय ३९ मतदाता हुनु पर्नेमा विभिन्न गाउँपालिका,नगरपालिका र प्रदेश सभा सदस्यहरु निलम्बन भएका कारण ९५ मत घट्ने आयोगले जनाएको छ ।
भने मधेश प्रदेशबाट दुई जना राष्ट्रिय सभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।नेकपा(एमाले)बाट उषा देवी थरुनी र कुमारी विजेता झा,जनता समाजवादी पार्टी(जसपा)नेपालबाट पुजा चौधरी,नेपाली कांग्रेसबाट आनन्द प्रसाद ढुंगाना र जनमत पार्टीबाट राम शंकर महासेठको उम्मेदवारी परेको निर्वाचन आयोगका सह सचिव एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।उनका अनुसार माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार सोमबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको छ। 
सो अनुसार कोशी प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।मधेश प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा पाँच जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।बागमती प्रदेशमा महिला समूहका लागि चार राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि तीन राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि चार राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
गण्डकी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट,अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि तीन राजनीतिक दलका तर्फबाट जम्मा आठ जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको छ ।लुम्बिनी प्रदेशमा महिला समूहका लागि तीन राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि चार राजनीतिक दलका तर्फबाट जम्मा सात जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको छ। भने कर्णाली प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट जम्मा छ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि दुई राजनीतिक दलका तर्फबाट, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि दुई राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि दुई राजनीतिक दलका तर्फबाट जम्मा छ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगका सह सचिव एवम प्रवक्ता पौडेलले जानकारी दिए ।
उनका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८ जना,दलित समूहतर्फ पाँच जना,अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ आठ जना र अन्य समूहतर्फ २१ जना गरी राष्ट्रिय सभाको रिक्त रहेको कुल १९ सिटका लागि ५२ जना उम्मेदवारहरुको मनोनयन पत्र दर्ता भएको हो ।स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारहरुको विरोधमा उजुरी दिने,पुस २५ र २६ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने,पुस २७ गते उम्मेदवारहरुले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह वितरण हुने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार