फागु पुर्णिमा(होली)को अवसरमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त चेकिङ् टोलिले चेकजाँच गर्दा करिब सवा तीन सय सवारी साधनहरु कार्बाहीमा परेका छन्।मधेश प्रदेशका आठ जिल्लामा फागु पुर्णिमा(होली)को अवसरमा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त चेकिङ् टोलिले चेकजाँच गर्दा ट्राफिक नियम विपरित सञ्चालित तीन सय १७ वटा सवारी साधनहरु कार्बाहीमा परेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाले जानकारी दिए ।उनका अनुसार तीन सय १० वटा मोटरसाईकल तथा स्कुटी र सात वटा कार,जिप,भेन कार्बाहीमा पर्दा ५७ जना मानिसहरुलाई कार्बाही गरिएको छ भने,३५ वटा सवारी दुर्घटनामा ९९ जना घाईते भएका छन् ।
फागु पुर्णिमा(होली)को अवसरमा ट्राफिक नियम उल्लंघन गर्ने,माद्यक पदार्थ सेवन गर्ने,झै–झगडा तथा हो–हल्ला गरी शान्ति सुरक्षा खल्बलाउन खोज्ने मानिस तथा उनीहरुले प्रयोग गरेका सवारी साधनहरुलाई नेपाल प्रहरी तथा ट्राफिक प्रहरी चेकिङ्द्वारा नियन्त्रणमा लिईएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
जसमा सप्तरीमा मोटरसाईकल तथा स्कुटी सात वटा कार्बाहीमा पर्दा चार वटा दुर्घटना र सातजना घाईते,सिरहामा मोटरसाईकल तथा स्कुटी ८० वटा र दुई वटा कार,जिप,भेन तथा सात जना मानिस कार्बाहीमा पर्दा दुई वटा दुर्घटना र दुई जना घाईते,धनुषामा मोटरसाईकल तथा स्कुटी दुई वटा र एउटा कार,जिप,भेन तथा दुई जना मानिस कार्बाहीमा पर्दा दुई वटा दुर्घटना र ४३ जना घाईते, महोत्तरीमा मोटरसाईकल तथा स्कुटी ४९ वटा र दुई वटा कार,जिप,भेन तथा ५१ जना मानिस कार्बाहीमा पर्दा नौ वटा दुर्घटना र १९ जना घाईते,सर्लाहीमा मोटरसाईकल तथा स्कुटी एक सय दुई वटा तथा २४ जना मानिस कार्बाहीमा पर्दा नौ वटा दुर्घटना र १४ जना घाईते,रौहतटमा मोटरसाईकल तथा स्कुटी पाँच वटा र एउटा कार,जिप,भेन कार्बाहीमा पर्दा छ वटा दुर्घटना र आठ जना घाईते,बारामा मोटरसाईकल तथा स्कुटी ६२ वटा तथा चार जना मानिस कार्बाहीमा पर्दा एउटा दुर्घटना र एक जना घाईते,पर्सामा मोटरसाईकल तथा स्कुटी तीन वटा र एउटा कार,जिप,भेन तथा ११ जना मानिस कार्बाहीमा पर्दा दुई वटा दुर्घटना र पाँच जना घाईते भएका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक कोईरालाले बताए ।