वर्तमान सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तयारीमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले बताए।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्न सर्लाही आएका लोसपा अध्यक्ष ठाकुरले नैतिकताका आधारमा सरकार छाड्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन ।
उनले “सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेश हाम्रो पार्टीले अस्वीकार गर्ने निर्णय गरिसकेको छ, यो अवस्थामा नैतिकताको हिसाबले पनि सरकारमा बसिरहन उपयुक्त हुँदैन,तसर्थ,हामी अब सरकारबाट तत्कालै बाहिरिन्छौँ।”बताए ।अहिलेको सरकारमा लोसपाबाट शरतसिंह भण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन्।अध्यक्ष ठाकुरले सर्लाही आएर पार्टीले सरकार छाड्ने घोषणा गरेसँगै मन्त्री सिंहको २० औँ पटक बनेको मन्त्रीको पद गुम्ने भएको छ ।
सरकारले ल्याएको भूमिसम्वन्धी अध्यादेशले वनजङ्गलको विनाश झनै बढ्ने देखेपछि पार्टीले समर्थन नजनाएको लोसपाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।वन फडानी र अवैद्य कब्जा रोक्न भूमिसम्वन्धी अध्यादेशको विपक्षमा लोसपा उभिएको अध्यक्ष ठाकुरले बताए ।पछिल्ला वर्षमा तराई क्षेत्र मरुभूमिकरणतर्फ उन्मुख भएको र खानेपानीको व्यापक समस्या बढिरहेकाले वनको संरक्षण गर्ने किसिमको योजना अघि बढाउन सरकारसँग लोसपाका अध्यक्ष ठाकुरले माग गरेका छन् ।उनले जिल्लाका विभिन्न स्थानमा अगुवा नेता कार्यकर्ता भेटघाट गरेका छन् ।