भारत स्वतन्त्रता कप प्रतियोगीतामा बागमती यूवा क्लव उपविजेता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-३१ गते   १९१२ पटक हेरिएको

भारतको सिक्किममा जारी बागमती–भारत स्वतन्त्रता कप नकआउट फुटवल प्रतियोगिताको उपविजेताको उपाधि बागमती युवा क्लवले चुमेको छ । भारतको ७६ औँ स्वतन्त्रता दिवसको अवसरमा सिक्किमको प्याक्योङमा भएको फुटवल प्रतियोगितामा बागमती युवा क्लव उपविजेता बनेको हो । 
फाईन खेलमा जेभिसी सिङटिम सगँ २–१ गोल अन्तरमा बागमती पाराजित भएको थियोे । बागमती युवा क्लवले उपविजेता बन्दै रु २ लाख भारतिय नगद,उपविजेता सिल्ड र मेडल प्राप्त गरेको बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगिता अवधिभरी बागमती युवा क्लव बागमतीले ५ वटा खेल खेलेको थियो । प्रतियोगितामा सिक्किम सहित विभिन्न प्रान्तका गरी २६ वटा टिम सहभागि भएका आयोजकले जनाएको छ ।
 उपविजेताको उपाधि उचालेका बागमती युवा क्वलका खेलाडी तथा अफिसियल समेत उत्साहित देखिएका छन् । बागमती यूवा क्लव फुटवल खेलको लागि पहिलो पटक भारत भ्रमणमा गएको क्लबका अध्यक्ष किस्मत राज मैनालीले बताउनु भयो ।
प्रतियोगिताको नतिजा सोचे जस्तो नआए पनि यसबाट टिमका खेलाडी समेत उत्साहित रहेका क्लवका सचिव कुमार प्रधानले बताउनु भयो । क्लवका अध्यक्ष मैनालीको नेतृत्वमा सिक्किम पुगेको बागमती युवा क्लबको टिम क्याप्टेन विजय घलानको नेतृत्वमा खोलाडीहरु मैदान प्रवेश गरेको थिए । बागमतीको तर्फबाट एक गोलमात्र भए पछि बागमती २–१ गोल अन्तरले पछि परेको आयोजकले जनाएको छ ।
चर्चित फुटवल प्रतियोगिता राजर्षि जनक कप आयोजना गर्दै आएको बागमती यूवा क्लव मोफसलको निकै व्यवस्थित क्लव मानिदै आएको छ । क्लवका सचिव प्रधानका अनुसार बागमती यूवा क्लवले स्थानीय स्तरमा रहेका खेलाडिहरुलाई छनौट गरेर पारिश्रमीक सहित अनुवन्ध गर्ने,आफ्नै होस्टलमा राखेर प्रशिक्षित गर्ने गर्दै आएको छ ।
खेलाडिहरुका लागि यातायात सुविधा समेत दिदै आएको यस क्लवको आफ्नै व्यवस्थित खेल मैदान रहेको छ भने, क्लवको आफ्नै एम्बुलेन्स पनि छ । बागमती नगरपालिकासगँको सहकार्यमा क्लवले महिला र पुरुष खेलाडिहरुलाई बन्द प्रशिक्षणमा समेत राख्ने गरेको छ । क्लवलाई निरन्तर सकृय राख्दै खेलाडिहरुलाई प्रशिक्षित गर्ने र अवसर प्रदान गर्ने काम बागमती नगरपालिका र नगर प्रमुख भरत कुमार थापाको योजनाकै कारण सफल भएको क्लवका अध्यक्ष मैनालीको भनाई छ ।
नगर प्रमुख थापा खेल प्रति निकै नजिक रहेकाले खेल क्षेत्रको संरक्षण र सम्बर्धनमा टेवा पुगेको क्लवका महासचिव मैनालीले बताउनु भयो । खेलकै माध्यमबाट नगरको पहिचान देश विदेश सम्म पु¥याउने लक्ष्य राखेको नगर प्रमुख थापाको भनाई छ । 
केही समय पहिलामात्र साफ २० बर्षमुनिको पुरुष च्याम्पियनशिपको लागि छनौट भएका खेलाडिमा बागमती यूवा क्लव बागमतीबाट तीन खेलाडि छनौट भएका थिए । नेपालको राष्ट्रिय टोलीमा बागमतीका अमर श्रेष्ठ,अभिषेक वाईवा र दिपेश राई छनौट भएका क्लबले जनाएको छ । यसरी मोफसलबाट निरन्तर खेलेर राष्ट्रिय टोलीमा समेत छनौट हुदा खुसी लागेको खेलाडिहरुको प्रतिकृया छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech