लालबन्दी ६ का २ नीजि स्वास्थ्य संस्था सिल,२ लाई सचेत

536 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा सञ्चालित दुई वटा नीजि  स्वास्थ्य संस्था सिल गरिएको छ।लालबन्दी नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले लालबन्दी नगरपालिका ६ स्थित रहेको गढीमाई अस्पताल प्रा.लि र सुर्याेदय लाईफ केयर सेन्टरलाई पुर्ण रुपमा सिल गरिएको नगर स्वास्थ्य शाखाका मुमताज मिकरानीले जानकारी दिए । 
उनका अनुसार लालबन्दी नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले पटक पटक अनुगमन गर्दा नीजि स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा व्यावस्थापन सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य संस्थाको गुणस्तर गर्ने कार्यविधि सम्बन्धि मापदण्ड २०७९ को खिल्ली उडाउदै आफ्नो मनोमानि नछाडेका लालबन्दी नगरपालिका ६ स्थित रहेको गढीमाई अस्पताल प्रा.लि र सुर्याेदय लाईफ केयर सेन्टरलाई पुर्ण रुपमा सिल गरिएको हो ।
नीजि स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा व्यावस्थापन सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य संस्थाको गुणस्तर गर्ने कार्यविधि सम्बन्धि मापदण्ड २०७९ को खिल्ली उडाउदै स्वास्थ्य सेवालाई व्यापार बनाइ रहने र अनुगमन समितिले मापदण्ड पुरा गर्न पटक पटक गरेको आग्रहलाई वेवास्था गरेपछि बाध्य भएर सिल गरिएको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम नगर उप प्रमुख कल्पनामाया पाख्रिनले जानकारी दिईन्।उनका अनुसार लालबन्दी नगरपालिका ६ कै जानकी नेस्नल अस्पताल प्रा.लि र पुरानो लालबन्दी मोडेल हेल्थकेयर प्रा.लिलाई सचेत गराईएको छ ।
सर्लाहीमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको व्यापक गुनासो आएपछि जिल्लास्तरीय र नगरस्तरीय अनुगमन समितिले थालेको अनुगमनको क्रममा राज्यले तोकेको मापदण्डको पालना नगरेका पाइएपछि सचेत गराउँदा पनि अटेर गरेपछि यसअघि लालबन्दी नगरपालिका १ स्थित नवलपुरका ५ वटा र बुधबार लालबन्दी नगरपालिका ६ का दुई वटा नीजि स्वास्थ्य संस्थालाई सिल गरिएको नगरस्तरीय अनुगमन समितिले जनाएको छ ।
लालबन्दी नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले २०८० मंसिरमा नगरभित्रका ६९ वटा नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गरेको थियो।सो क्रममा सुर्याेदय लाईफ केयर सेन्टर लालबन्दी ६ लाई व्यावसाय दर्ताको लागि पत्राचार गर्ने र गढीमाई अस्पताल प्रा.लिको फार्मसी तथा व्यावसाय दर्ता नरहेको पाइएको भन्दै सचेत गराएको थियो ।
भने यस अघि सिल गरिएका लालबन्दी नगरपालिका १ नवलपुरका ओमनिका हेल्थ केयर प्रा.लिले व्यावसाय नविकरण नगरेको र औषधी पसल दर्ता नभएकाले बन्द गर्ने,नवलपुर मोडेल अस्पतालको कुनै पनि कागजात र आवश्यक जनशक्ति नभएकाले बन्द गर्ने,रक्षा हेल्थ केयर प्रा.लिले आवश्यक कागजात पेश नगरेकाले बन्द गर्ने र एउटै सञ्चालक रहेको मनिषा हेल्थ केयर प्रा.लिले व्यावसाय नविकरण नगरेको र औषधी पसल मापदण्ड विपरित रहेकाले बन्द गर्ने साथै वि एण्ड आर हस्पिटल प्रा.लि मापदण्ड विपरित रहेकाले पुर्ण रुपमा बन्द गर्ने भन्दै २०८० मंसिर १९ गते लालबन्दी नगरपालिकाको सामाजिक समितिले निर्णय गरेको थियो । तर करिब छ महिना वितिसक्दा पनि सो समयमा अनुगमन गर्दा समस्या देखिएका अधिकांश नीजि स्वास्थ्य संस्थाहरु नीजि स्वास्थ्य संस्था स्थापना,सञ्चालन तथा व्यावस्थापन सम्बन्धि निर्देशिका २०७० र स्वास्थ्य संस्थाको गुणस्तर गर्ने कार्यविधि सम्बन्धि मापदण्ड २०७९ विपरित सञ्चालन भई रहेका पाइएपछि अनुगमन समिति तातेको हो ।
यता,लालबन्दी नगरपालिका ६ मा केही महिना पहिला स्थापना भएको पुरानो लालबन्दी मोडेल हेल्थ केयर प्रा.लिले छ महिना पहिला स्थापना हुँदापनि पुरानो लालबन्दी मोडेल नाम राखेको छ भने जानकी नेस्नल अस्पतालले आफ्नो वोर्डमा समेत आर्थिक वर्ष २०८०/०८९ राखेको छ ।यति सानो कुरापनि ध्यान नपुर्याई खोलिएका नीजि स्वास्थ्य संस्थाहरुले कुनै नागरिक वडापत्र राखेका छैनन् भने वोर्डमा विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरु आउने भनेर फोटो र नाम राखेका भएपनि अधिकांशमा बाहिरबाट विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरु नआउने गरेका समेत गुनासाहरु आएका छन् ।

सम्बन्धित समाचार