Close This

सर्लाही प्रहरीद्धारा २ बिघा १० कठ्ठाको गाँजा खेति नष्ट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२४ गते   २५६४ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले २ बिघा १० कठ्ठा जग्गामा लगाएको लागु औषध गाँजा खेति नष्ट गरेको छ । अपराध नियन्त्रणमा सक्रिय भएको सर्लाही प्रहरीलाई एक पछि अर्को सफलता मिलेको छ ।
लालबन्दी नगरपालिका १४ नारायण खोला,मटरदोभान,सत्रकठ्ठा, माईथान, हात्तिसुडे लगायतका स्थानमा लगाइएको २ बिगहा १० कठ्ठा जग्गामा लगाएको लागु औषध गाँजा खेति प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीले गोप्य सूचनाका अधारमा २ बिगहा १० कठामा लगाइएको लागु औषध गाँजा खेती नष्ट गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिन भयो ।
ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक थापाको नेतृत्वको प्रहरी टोलीले उक्त लागु औषध गाँजा खेति नष्ट गरेको प्रहरीले जनाएको छ । करिब १ महिना पहिला पनि  सर्लाही प्रहरीले ३ सय ९ किलोग्राम लागु औषध गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech