Close This

राजश्व छुटका लागि गरिएको सिफारिसको नै राजश्व असुली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-३० गते   ३४० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १० ले राजश्व छुट गरिदिन गरेको सिफारिस मै राजश्व असुलेको छ । लालबन्दी नगरपालिका १० ले पुस २६ गते बिबाहको सामान खरिद गर्न भन्दै गरेको सिफारिसको रु पाँच सय लिएको छ । लालबन्दी नगरपालिका १० का एक स्थानीयले आफ्नो छोराको बिबाहको लागि छिमेकी देश भारतको सोनवर्सावाट सामान ल्याउन वडा कार्यालयबाट लिएको सिफारिसको लालबन्दी नगरपालिका १० ले रु पाँच सय राजश्व लिएको पाइएको हो ।


श्री जो जससंग सम्बन्ध राख्दछ भनि सम्बोधन गरिएको सिफारिसले बिबिाहको लागि छिमेकी देश भारतको सोनवर्सावाट सामान ल्याउन सहजता प्रदान गरिदिन भनि लेखिएको बुझिएपनि सामान्य रुपमा लेखिएको सिफारिसको रु पाँच सय लिँदा गाउँ गाउँको सिंहदरबारको नराम्ररी खिल्ली उडेको छ ।
वडा अध्यक्ष टोप बहादुर श्रेष्ठको हस्ताक्षरीत सिफारिसमा चामल,दाल,तेल मसला,बेहुला,बेहुलीको लागी आवश्यक पर्ने कपडा लगायतका सामानहरुका साथै अन्य आवश्यक सामानहरु भनि लेखिएको छ ।
पुस २६ गतेको मितिमा लेखिएको सिफारिसको चलानी नम्बर चार सय ६३ रहेको छ भने सिफारिसको शुल्क अनलाईन प्रणालीबाट वडा कार्यालयले असुलेको छ । एउटा सामान्य सिफारिसको रु पाँच राजश्व शुलक असुल्ने वडा कार्यालयले अन्य विशेष खालका सिफारिसहरुको शुल्क कति असुल्छ होला सो विषयमा स्थानीय जानकारहरु नै चकित भएका छन् ।
सो विषयमा लालबन्दी नगरपालिका १० का वडा अध्यक्ष श्रेष्ठलाई सोध्दा उनले साधारण सिफारिसका लागि नगरपालिकाले रु पाँच सय लिन भनेको र अंगिकृत नागरिकता तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि गरिने सिफारिसको रु एक हजार लिन भनेको बताए । उनले नगरपालिकाको निर्देशन विपरित आफुहरुले कुनैपनि सिफारिसहरुको अतिरिक्त शुल्क नलिएको बताए । 

यता,त्यो त गलत मात्रै हैन गैर कानुनी पनि हो राजस्व छुट गर्ने भनेको अर्थ मन्त्रालयको मात्रै काम हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । साथै जिल्लामा राजस्व चुहावटको बैठकमा स्थानीय निकायले गरेको सिफारिस अव नमान्ने भन्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech