करिब ११ क्विन्टल लागु औषध गाँजा सहित पाँच जना सर्लाही प्रहरीको नियन्त्रणमा

183 Shares

सर्लाहीका विभिन्न स्थानबाट पछिल्लो एक साताको अवधिमा करिब ११ क्विन्टल लागु औषध गाँजा सहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी कार्यालयहरुबाट गरिएका विभिन्न अप्रेसनमा १० क्विन्टल ६६ किलो आठ सय ग्राम लागु औषध गाँजा सहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार लालबन्दी नगरपालिका–१४ डाइनीखोलाबाट सात क्विन्टल ४३ केजी नौ सय ८० ग्राम गाँजासहित स्थानीय ६७ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ पक्राउ परेका हुन्।त्यस्तै,लालबन्दी नगरपालिका–१ नवलपुरबाट २२ किलो आठ सय २० ग्राम लागु औषध गाँजा सहित हरिवन नगरपालिका–५ घुर्कौलीका अन्दाजी ३० वर्षीय सुशील साह, मधेश प्रदेश ०३००१ ह २४४५ नम्वरको  अटोमा सवार अन्दाजी २५ वर्षीया जगतारण साह र २५ वर्षकै राधिका साह र कौडेना गाउँपालिका–१,लक्ष्मीपुरबाट तीन क्विन्टल लागु औषध गाँजा बरामद भएको हो ।विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गरेको अप्रेसनबाट पछिल्लो समय सर्लाहीमा लागु औषध कारोबारीहरुको निदहराम भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Photo-Gaja-Bora.webp
इलाका प्रहरी कार्यालय लालबन्दी र लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४ डाइनीखोलाबाट र अन्य स्थानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यती ठूलो मात्रामा लागु औषध नियन्त्रणमा लिएको हो ।
सर्लाही प्रहरीले केही दिनदेखि लागुऔषधको बढी कारोवार हुने लालबन्दी र हरिवन लगायतका क्षेत्रमा बारम्बार भारी मात्रामा लागुऔषध बरामद गरिरहेको छ।सर्लाहीको उत्तरी चुरे क्षेत्रका साथै सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकाका विभिन्न स्थानमा उत्पादन हुने लागु औषध गाँजा पछिल्लो समय सर्लाहीका विभिन्न सडक खण्डहरुको प्रयोग गरी छिमेकी देश भारत तर्फ लैजाने गरेको विशेष सूचनाका आधारमा सर्लाही प्रहरीले विशेष अभियान नै चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक रविन्द्रनाथ पौडेल सर्लाही आएदेखि लगातार लागु औषध कारोबारीहरु माथि विशेष अभियान सञ्चालन गर्दा लागु औषध कारोबारीहरुको निदहराम भएको छ।भने छिमेकी देश भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल ल्याउने सामानहरुमा समेत कडाई गरिएको छ ।

सम्बन्धित समाचार