लालबन्दीमा ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’को निर्माण कार्य सुरु

2.2k Shares

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठनले संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारसंगको साझेदारीमा सर्लाहीको लालबन्दीमा ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’को निर्माण कार्य सुरु भएको छ ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठनले प्रष्तिठानको ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’संरचना निर्माणको समग्र डिपिआरको ८० प्रतिशत काम सकिएको र निर्माण कार्यको डिपिआर बाँकी रहेको झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठनका अध्यक्ष तथा नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिनु भयो । 
उहाँका अनुसार संघिय,प्रदेश तथा स्थानिय सरकारको ७१ करोडको लागतमा करिब ५ वर्ष भित्रमा निर्माण कार्य सक्ने गरि काम सुरु गरिएको र अहिले जग्गा खरिदको काम सुरु भएको हो । नेपालमा  खपत हुने एन्टीभेनम पहिलो चरणमा उत्पादन गर्ने साथै नेपालका अन्य सर्प दंन्स उपचार केन्द्रहरुमा यहाँ उत्पादीत एन्टीभेनम पठाउने साथै अन्य विशेष खालका औषधीहरु जस्तै मुटु रोगका औषधी,मानसिक रोगका औषधी र छाला सम्बन्धी औषधीहरु उत्पादन गर्ने लक्ष्यका साथ प्रतिष्ठनको स्थापना गरेर काम सुरु गरेको प्रतिष्ठानले जनाएको छ ।
‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’को स्थापना पछि टिचिङ हस्पीटलको स्थापना,पर्यटकिय क्षेत्रको प्रचार प्रसार पहिचान र स्तरोउन्नत्ती साथै स्थानिय जन शक्तिलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’को निर्माण कार्यमा विशेष ध्यान दिने सोचका साथ ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’को स्थापना गरेर निर्माण कार्य सुरु गरेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले लालबन्दीमा करिब १० विगहा जमिन आवश्यक रहेको भनी एक सुचना समेत  जारी गरेको छ । प्रतिष्ठानले पहिलो चरणमा डिपिआर र रिसर्चको काम सकिएको जनाएको छ । भने दोस्रो चरणमा जग्गा खरिद, तेस्रो चरणमा भौतिक संरचना निर्माण  र अन्तीम चरणमा सर्प फामको  निमाण गर्ने लक्ष्यका साथ करिब ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरि बोलपत्र आव्हान गरिएको अध्यक्ष पन्तले बताउनु भयो ।
निर्माण सम्पन्न भएपछि नेपालका सर्प दंन्स उपचार केन्द्रहरुका लागि ‘एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपाल’ लालबन्दीले औषधी पुर्याउने लक्ष्य राखेको बताएको छ । जग्गा प्राप्त भए लगतै निर्माण कार्य तिब्रगतीमा अगाडी बढ्ने प्रतिष्ठानले बताएको छ ।

सम्बन्धित समाचार