सिन्धुलीको मरिण गाउँपालिका स्थित रहेको ठाकुरेश्वर सामाजिक उद्यमी साना किसान महिला कृषि सहकारी संस्था लि.ले करिब रु एक करोड रकम बचत गरेको जनाएको छ । शनिबार भएको संस्थाको पाँचौँ वार्षिक साधारण सभामा संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा रु २१ लाख ८९ हजार चार सय ६७ बचत संकलन गरेको छ भने संस्थाको कुल बचत रु ९७ लाख ५३ हजार पुगेको संस्थाकी अध्यक्ष गोपी माया थापाले जानकारी दिईन् ।
थापा कै अध्यक्षता तथा निवर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन)को प्रमुख आतिथ्यतामा संस्थाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।संस्थाको हालसम्मको कुल लगानी रु एक करोड २४ लाख ५४ हजार रहेको समेत उल्लेख गरिएको छ।संस्थामा हाल एक हजार एक सय १४ जना शेयर सदस्यहरू रहेका संस्थाले पाँचौँ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान(प्रख्यात),उपाध्यक्ष विमला माझी सहितका स्थानीय जनप्रतिनिधिहरुले सहकारीले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह गर्न शुभकामना व्यक्त गरे ।