७ वटा गाई सहित योद्धा बोलेरो र २ जना सर्लाही प्रहरीको नियन्त्रणमा

482 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ११ स्थित हिरापुरबाट ७ वटा गाई लोड भएको सवारी साधन सहित २ जनालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका ११ स्थित हिरापुरबाट ७ वटा गाई लोड भई निकासी गर्दै गरेको अवस्थामा मधेश प्रदेश ०३ ००१ च ७४५४ नम्बरको सवारी साधन सहित २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।1083f315-fde2-41a1-92a9-c497d7879987.jpg
उनका अनुसार ७ वटा गाई सहित सर्लाहीको इश्वरपुर नगरपालिका ७ का मधेश प्रदेश ०३ ००१ च ७४५४ नम्बरको योद्धा बोलेरोका चालक हेमन्त ढुंगाना र सोही ठाउँका मधेश प्रदेश ०३ ००१ च ७४५४ नम्बरको योद्धा बोलेरोका सह चालक ईशराफुल मियालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको हो ।नियन्त्रणमा लिएर भन्सार बुझाइएका ७ वटा गाई सहित योद्धा बोलेरो अन्दाजी रु ५ लाख ५६ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार