नेपाली कांग्रेस र नेकपा(एमाले) सर्लाहीले आफ्नो गुट भन्दा बाहिर रहेका र आफ्ना विरुद्धमा बोल्नेहरुलाई स्पष्टीकरण सोध्ने तथा कार्बाही गर्ने गरेको रहस्य बाहिरिएको छ।पार्टी भित्रको आन्ततिरक वैचारीक संघर्षलाई आफ्नो गुट भन्दा बाहिर रहेकाहरुलाई कार्बाही गर्न थालेपछि राजनीतिक स्वतन्त्रता तथा कांग्रेस एमालेको लोकतान्त्रीक अभ्यासको फज्जि उडेको देखिएको छ ।
कांग्रेस र एमाले सर्लाहीमा आफ्नो पकड र जिल्लामा नेतृत्वमा वर्चस्व रहेका गुटले आफू इतर र आफ्ना विरुद्द बोल्ने पार्टीभित्रका सदस्य तथा पार्टी पदाधिकारी विरुद्द स्पष्टीकरण तथा कार्बाहीको डण्डा चलाई तर्साउने काम गरिरहेका रहस्य बाहिरिएको हो ।
एमालेका सर्लाहीका अध्यक्ष राजनारायण साहले भूमी आयोग सर्लाहीको सदस्यमा आफ्ना छोरालाई नियुत्तिका लागि सिफारिस गरेपछि पार्टीभित्र चर्काे आलोना भएको थियो ।पार्टी भित्रका अन्य नेता कार्यकर्ताहरु भूमि आयोग सर्लाहीको सदस्यका लागि योग्य नभएका झैं गरि आफ्नै छोरालाई सिफारिस गरेपछी एमाले सर्लाहीका सदस्य शंकर श्रेष्ठले आपत्ती जनाएपछि एमाले सर्लाहीका अध्यक्ष साहले अनुशासन भन्दै स्पष्टीकरण सोध्ने पार्टीको पत्र पठाएका थिए ।तर एमाले सर्लाहीका सदस्य श्रेष्ठले कारवाही मन्जुर भन्दै हालसम्म स्पस्टिकरण बुझाएका छैनन।
यता,नेपाली कांग्रेस सर्लाहीमा सभापती सुरेन्द्र प्रसाद सिंह र पूर्व सभापती नागेन्द्र कुमार राय यादवको गुट भन्दा बाहिरि रहेका सर्लाही क्षेत्र नम्बर २ का सभापति समेत रहेका प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर राय माथी स्पष्टीकरण सोध्ने पत्र सार्वजनिक भएकोे छ।
कांग्रेस सर्लाहीका पुर्व सभापति रायका छोरा एवम कांग्रेस सर्लाहीका अनुशासन समितिका संयोजक सरोज राय यादवलाई प्रयोग गरेर सभापती सिंहले इतर समुहका नेता सर्लाही क्षेत्र नम्बर २ का सभापति समेत रहेका प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर माथी स्पष्टीकरण सोध्ने निर्णय गरेको पत्र सार्वजनिक भएको छ।
किनकी सभापति सिंहलाई सर्वोच्च अदालतले समेत भ्रष्टाचार कसुरमा बिगो भराउने फैसला गराईसकेको छ ।उक्त फैसला पछि विरोध गर्दै हालका र पूर्व पदाधिकारीहरु सभापति सिंहको नैतिकता हराएको भन्दै निलम्बनको माग गर्दै केन्द्रसम्म पुगेका थिए त्यस भिडमा मन्त्री कौशल किशोर समेत थिए।त्यही रिस र अन्य मतभेदलाई सांध्न मन्त्री कौशल किशोर माथी स्पष्टीकरण तथा अनुशासनको कार्बाहीको डण्डा चलाउन उनकै गुटका उपसभापति र अनुशासन समितिका संयोजक सरोजलाई उपयोग गरिएको पाइएको छ ।
तर त्यही अनुशासन समिति भ्रष्टाचारी ठहर भइसकेका त्यो पनि दुई तहकै अदालतबाट त्यसमाथी अझै पुनरावलोकनमा गएका छौं भन्दै झुटो बोलेर हिंडेका आफ्ना सभापती सिंहलाई केही प्रश्न सोध्न सक्दैन चाकरी मात्र गर्न सक्छ।यसरी आफ्ना विरुद्धलाई तह लगाउन स्पष्टीकरणको हर्कतले पार्टी,संगठन कमजोर र जनतामा निराशा छाउने कांग्रेस र एमालेका कतिपय नेता कार्यकर्ताहरु बताउँछन् ।
यस्तो प्रवृत्तिले जो चोर उसको ठूलो स्वर भन्ने उखानलाई सिद्ध गर्दै लगेको प्रष्ट उनीहरुको भनाई छ । आफू अनुशासनमा नबस्ने अनि आफू विरुद्ध लागेको भन्दै सत्य कुरा र प्रष्ट कुरा राख्ने माथी स्पष्टीकरण र कार्वाहीले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने र वैकल्पिक पार्टीलाई मलजल पुग्ने नेता कार्यकर्ताहरुको चिन्ता छ।