ललितपुरमा सवारी दुर्घटनामा परी ५ वर्षिय बालकको मृत्यु

पुरुषोत्तम दास श्रेष्ठ    प्रकाशित: २०८०-४-२८ गते   २३५ पटक हेरिएको

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा बा ५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्री ओखलढुङगा घर भई सोही नगरपालिका वडा नं. ८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझीको शनिबार दिउँसो मृत्यु भएको छ । 

आमाछोरा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई कृष्ट अस्पताल लगेकोमा उपचारको क्रममा प्रियांशको मृत्यु भएको हो ।

घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुुरले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech