बागमती १० शंकरपुर सोल्टी बजारमा अस्थाई प्रहरी चौकी उद्धघाटन

688 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमती नगरपालिका १० स्थित शंकरपुरमा अस्थाई प्रहरी चौकी सोल्टी बजारमा अस्थायी प्रहरी पोष्टको उद्धघाटन गरिएको छ । बागमती नगरपालिका १० स्थित शंकरपुरमा अस्थाई प्रहरी चौकी सोल्टी बजारमा नगरवासीहरुको सुरक्षाको लागि अस्थायी प्रहरी चौकी उद्धघाटन गरिएको हो । 
कुमारी बैक लिमिटेडको शाखा कार्यालय स्थापना गर्ने तयारी भएकाले बैक तथा वडाबासीहरुको सुरक्षाको लागि बागमती नगरपालिका १० स्थित शंकरपुरमा अस्थाई प्रहरी चौकी सोल्टी बजारमा अस्थायी प्रहरी पोष्टको उद्धघाटन गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।


बागमती नगरपालिका १०, शंकरपुरमा अस्थाई प्रहरी चौकी सोल्टी बजारको साना किसान कृषि सहकारी संस्थाको भवनमा स्थापना गरिएको अस्थाई प्रहरी चौकीको सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहले उद्घाटन गरेका हुन । यस क्षेत्रका नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने गरी सेवा प्रवाह हुने प्रदेश सभा सांसद कुशवाहले बताए ।
बागमती नगरपालिकाकै ठुलो बजार सोल्टीमा प्रहरीको उपस्थिती कमजोर बन्दा पटक पटक चोरी र लुटपाटको घटना हुने गरेको अवस्थालाई मध्य नजर गर्दै अस्थायी प्रहरी चौकी  उद्धघाटन गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् । चोरी तथा लुटपाटका घटनाबाट आजित स्थानीय,ब्यापारी,राजनीतिक दल तथा जनप्रतिनिधिहरु अथक प्रयासमा चौकी पुनः स्थापना भएको हो ।
अस्थाई प्रहरी चौकीमा तत्काल प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा सात जना प्रहरी टोली राखिने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार अस्थायी प्रहरी चौकी शंकरपुर सोल्टी बजार ईलाका प्रहर िकार्यालय बरहथवा मातहत रहने छ ।  
कार्यक्रममा बागमती नगरपालिकाका नगर प्रमुख थापा,सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदी,भैरवी दल गण पाँच कुमारी व्यारेकका कर्णेल अभिषेक कार्की,उप अनुसन्धान निर्देशक सन्तोष ढुंगेल लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार