सर्लाही प्रहरीद्धारा लागु औषध सहित तीनवटा मोटरसाईकल नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-३० गते   ६५५ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिका १७ मा मोटरसाईकल दुर्घटना हुँदा प्रतिवन्धित लागु औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका १७ स्थित नहरको बाटोमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको बा ३८ प ५२९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी १० किलो प्रतिवन्धित लागु औषध गाँजा फेला परेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका १७ स्थित नहरको बाटामो मोटरसाइकल दुर्घटना भएको खबर पाउना साथ प्रहरी टोली घटना स्थलमा पुग्दा बा ३८ प ५२९६ नम्बरको मोटरसाईकल दुर्घटना भएको र दुर्घटनता स्थलमा अन्दाजी वर्ष ३१÷३२ कि महिला घाईते अवस्थामा फेला परेकी हुन ।
बा ३८ प ५२९६ नम्बरको मोटरसाईकलका चालक फरार रहेका र घाईते महिलालाई तत्काल उद्धर गरी स्थानीय भेनस अस्पताल बरहथवामा उपचार भई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही मोटरसाईकलमा रहेको झोलामा चेकजाँच गर्दा अन्दाजी १० किलो प्रतिवन्धित लागु औषध गाँजा फेला परेको प्रहरलिे जनाएको छ । घाईते महिलालाई प्रहरीको निगरानीमा स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको र दुर्घटनामा संगलग्न मोटरसाईकल ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको प्रहरलिे जनाएको छ ।
त्यसैगरी मलंगवा नगरपालिका ५ स्थित नेपाल भारत सिमा क्षेत्रबाट प्रहरीले दुई वटा मोटरसाईकल सहित अन्दाजी १० किलोे चार सय ९० ग्राम प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको प्रहरलिे जनाएको छ । 
प्रहरीका अनुसार विआर ०६ विके १७५ नम्बरको मोटरसाईकलबाट अन्दाजी पाँच किलो ८० ग्राम र विआर ५५ ए ८२०७ नम्बरको मोटरसाईकलबाट अन्दाजी पाँच किलो चार सय १० ग्राम गरी कुल  अन्दाजी १० किलो चार सय ९० ग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियारले जानकारी दिए । 
उनका अनुसार  प्रहरीको गस्ती टोलीलाई देखेर मोटरसायृकल छोडी तस्करहरु फरार भएका र मोटरसाईकललाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा दुवै मोटरसाईकलको सिटमुनी लाकाई छिपाई नेपालबाट भारत तर्फ लैजान खोजिएको अवस्थामा मोटरसाईकल सहित प्रतिवन्धित लागु औषध गाँजा बरामद् भएको हो । बरामद् गरिएको मोटरसाईकल र प्रतिवन्धित लागु औषध गाँजा प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech