महासंघ जिल्ला शाखा ललितपुरको अध्यक्षमा कार्की प्यानल निर्वाचित

486 Shares

नेपाल पत्रकार महासंघ जिल्ला शाखा ललितपुरको अध्यक्षमा प्रेस सेन्टर नेपाल ललितपुरका अध्यक्ष रामहरी कार्की निर्वाचित भएका छन्।शुक्रबार भएको मतदान प्रक्रियामा सहभागी भएका तीन सय आठ जना मतदाताको दुई सय ४३ मत प्राप्त गरी कार्की अध्यक्षतमा विजयी हुँदा उनका प्रतिस्पर्धी रमेश प्रसाद  तिमल्सिनाले जम्मा ६३ मत ल्याएका छन् । यस्तै,उपाध्यक्षमा कार्की प्यानल कै श्याम तण्डुकार,महिला उपाध्यक्षमा सोही प्यानलका केशरी पुन,सचिवमा दीपक अर्याल, समावेशी सह सचिवमा नारायण लिवाङ देवान र कोषाध्यक्षमा पनि कार्की प्यानल कै कृष्ण पौडेल निर्वाचित भएका छन्।
त्यसैगरी,सदस्यहरूमा कार्की प्यानल कै अनिल श्रेष्ठ,शिवहरी घिमिरे, कुशल बोगटी,पासाङ घिसिङ,विसु गुरुङ,रामप्रसाद ढकाल,केवश घिमिरे र शिशिर कुमार लामा निर्वाचित भएका छन् । त्यसैगरी राष्ट्रिय परिषद् सदस्यमा अञ्जली तामाङ,देवीदत्त पौडेल, वासुदेव श्रेष्ठ,सागर देवकोटा,पदम बि.क,राजकुमार सिग्देल र राजु कुमार नेपाल निर्वाचित भएका छन् ।तीन वार्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न शुक्रबार महासंघको ललितपुर शाखाका तीन सय ६५ सदस्यहरु मध्य तीन सय आठ जना सदस्यहरुले मतदान गरेका थिए।देशभरका शाखाहरु मध्य सबै भन्दा बढी  मतदाता रहेको ललितपुरमा सत्ता साझेदार गठबन्धन क्लिन स्विप भएको छ ।
त्यस्तै,उपत्यका प्रदेश,बागमती प्रदेश र एसोसिएट प्रदेशको अध्यक्षमा पनि प्रेस सेन्टर नेपालबाट उम्मेदवारी दिएका अध्यक्ष पदका उम्मेदवारहरु भारी मतका साथ निर्वाचित भएका छन् ।सत्ता गठबन्धनलाई पराजित गदै उपत्यका प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका टेनिस रोका र उपा अध्यक्षमा रोजिना थापा,बागमती प्रदेशको अध्यक्षमा प्रेस सेन्टर नेपालका कृष्ण सारु मगर,एसोसिएट प्रदेशमा प्रेस सेन्टर नेपालका रोयल आचार्य,जिल्ला शाखा काठमाण्डौँमा प्रेस सेन्टर नेपालकी शोभा अर्याल निर्वाचित भएकी छन् ।

सम्बन्धित समाचार