लालबन्दी १ को सुधार केन्द्रमा एकजना मृत फेला

975 Shares

गणेश खड्का
सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नयाँ जीवन सुधार केन्द्रमा एक जना मृत फेला परेका छन् ।लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नयाँ जीवन सुधार केन्द्रमा बस्दै आएका एक जना घाँटीमा पासो लगाईएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नयाँ जीवन सुधार केन्द्रमा बस्दै आएका हरिवन नगरपालिका १ का अन्दाजी वर्ष ३३ का प्रेम राज कार्की गम्छा पासो बनाई आफ्नै कोठाको सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।
बुधबार बिहान करिब साँढे १० बजे लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको नयाँ जीवन सुधार केन्द्रमा बस्दै आएका हरिवन नगरपालिका १ का अन्दाजी वर्ष ३३ का कार्की आफ्नै कोठामा गम्छा पासो बनाई सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन । शवलाई पोस्ट मोर्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार