Close This

प्रहरीलाई घुस दिनखोज्ने सुमो चालक पक्राउ,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१९ गते   ७९ पटक हेरिएको

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा रहेको ईलाका प्रहरी कार्यालयबाट डिउटीमा खटिएका प्रहरीलाई नगद रु ५ सय घुस खोज्ने एक जना पक्राउ परेका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय सहुधन राइ पक्राउ परेका प्रहरीले जनाएको छ ।
सोमबार राति सोलुखुम्बुबाट काठमाडौं जाँँदै गरेको ना.१ ज ३५६६ नम्बरको टाटा सुमोले खुर्काेट प्रहरी चेक पोष्टमा एन्ट्री गर्ने क्रममा सुमो चालक राइले टाईम कार्ड भित्रराखी प्रहरीलाई नगद दिन खोजेपछि उक्त नगद सहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खुर्काेट सिन्धुलीका प्रहरी प्रमुख प्रहरी निरिक्षक अनिल राज गिरीले कमलामाई मिडिया प्रालिलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त नगद राखी ड्युटीमा खटिएको प्रहरीलाई अवैध रुपमा दिन खोजेपछि नगद सहित उनलाई नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech