मजदुर संघ सहित विभिन्न चार ईकाईको समिति सर्व सहमत चयन

564 Shares

नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर संघ सर्लाहीको अध्यक्षमा भगवान सापकोटा सर्वसहमत चयन भएका छन् ।सर्लाहीको बागमती नगरपालिका स्थित बागमती माछा पोखरी(भरत ताल)मा बुधबार भएको संघको जिल्ला सम्मेलनले सापकोटाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटि सर्व सहमत चयन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज अच्युतम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा बुधबार भएको सम्मेलनले बागमती नगरपालिकामा  १३ सदस्यीय जल यातायात  इकाई कमिटि,१५ सदस्यीय इ रिक्सा इकाई  कमिटि र १३ सदस्यीय फोटोग्राफी मजदुर इकाई कमिटि  सर्व सहमत गठन  भएको  हो ।

सम्बन्धित समाचार