जनताको काम गर्न पार्टी सरकारमा जानै पर्छ ः माओवादी केन्द्र सर्लाहीका संयोजक बुढाथोकी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२३ गते   ११०८ पटक हेरिएको

प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष र सचिव दुई छेउमा माओवादी केन्द्र सर्लाहीका संयाेजक विचमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सर्लाहीका संयोजक एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले माओवादी सेतो कपाडा जस्तो रहेको बताएका छन् । उनले पार्टी सरकारमा जाने की नजाने भन्ने विषयमा भएको आन्तरीक छलफल र बहसको विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन ।
उनले सेतो कपडामा हल्का दाग लाग्दा पनि छर्लग देखिए जस्तै माओवादी केन्द्र भित्रको सामान्य कुरा पनि सबैले देखिने गरि बाहिर रहेको बताए । बुढाथोकी पार्टी सरकारमा जानु पर्ने लाइनमा छन् । भने पार्टी भित्रै कै धेरै नेता कार्यकर्ताहरु भने माओवादी केन्द्र लामो समय सरकारमा रहने तर जनताबाट टाढिदै जाने अवस्था भएकाले यो पटक प्रतिपक्षमा बस्नु पर्ने बताइरहेका छन् ।
जनताले जनप्रतिनिधिहरुसँग धेरै अपेक्षा गर्ने र त्यो पुरु गर्नका लागि भएपनि सरकारमा सहभागी हुने पर्ने संयोजक बुढाथोकीले बताए । उनले अहिले माओवादी केन्द्र प्रति जनताको वितिष्णा बढ्नुमा नेता कार्यकर्ताले पार्टीले गरेको कुरा जनतालाई बुझाउन नसक्नुको परिणाम भएको बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech