लालबन्दीका १५ वडामा पुग्यो स्वास्थ्य सेवा,कोरोना प्रभावका कारण २ वडा बाँकी

3.3k Shares

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको सर्लाहीको लालबन्दी नगरपालिकाले नगरका १७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले संघीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । 
‘नगरपालिकाका केही वडाहरूमा स्वास्थ्य संस्था रहे पनि २,५,६,७,८,१०,११,१२, र १५ वटा वडा स्वास्थ्य संस्था विहीन थिए’, नगरप्रमुख खड्काले भने, ‘स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेका छौँ ।’ उहाँका अनुसार  केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरुमा भवन निर्माणको काम अन्तीम चरण पुगेको भएपनि स्वासथ्य सेवा भनेसुरु भइ सकेको छ । ’ भने वडा नम्बर ७ र ८ मा अहिले पनि स्वास्थ्य संस्थाहरु नभएको तर आउने आर्थिक वर्षबाट ती वडाहरुमा पनि स्वास्थ्य संस्था स्थापना गरि सेवा सुरु गरिने नगर प्रमुख खड्काले बताउनु भयो।
नगरपालिकाका १७ वटा वडामा  १५ वटा वडामा स्वास्थ्य संस्था छन्, जसमा १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी नगरकै मुटु लालबन्दी नगरपालिका ९ मा रहेको छ । स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उप  प्रमुख शान्ती लामाले बताउनु भयो ।  लालबन्दी नगरपालिका ९ मा १५ शय्याको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीलाई अस्पतालकै रुपमा संचालनमा ल्याइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले बताउनु भयो । उहाँका अनुसार नगरका वडा नम्बर १,३,४,९,१३,१४, १६ र १७  गरि ८ वटा वडामा पुरानै स्वास्थ्य संस्था रहेका छन् ।

नगरका १७ वडाहरु मध्य १५ वटा वडाहरुमा स्वास्थ्यसंस्था स्थाना भइ सकेको रबाकी रहेका २ वटा वडाहरुमा कोरोना प्रभावका कारण स्वास्थ्य संस्था स्थापना गर्न नपाएको र आउने आर्थिक वर्षमा स्वास्थ्य संस्था स्थापना गरि सेवा सुरु गरिने सहसंयोजक खतिवडाले बताउनु भयो । उहाँका अनुसार  लालबन्दी नगरपालिकाका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र(आधाभुत स्वास्थ्य केन्द्र)हरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरू अन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायतका सेवा दिइरहेको छ ।

त्यस्तै गरी प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीबाट २४ सैँ घण्टा आकस्मिक लगायतका दैनिक बिरामी जाँच सेवा, एक्सरे सेवा, दन्त आँखा परीक्षण सेवासहितका जनस्वास्थ्यसँग सम्बन्धित सेवा दिइरहेको उहाँको भनाई छ ।

सम्बन्धित समाचार