Close This

थप एक जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा ४ जना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   २६४ पटक हेरिएको

जिल्लाका दुईजनामा कोरोना भाईरस कोभिड १९ पोजेटिभ देखिएको छ । मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाका दुईजनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो । योसँगै जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या  ५ जना पुगेका छन् ।
जिल्लाकोे बागमती नगरपालिका ९ निवासी ३४ वर्षीय पुरुष र अर्का उदयपुर घर भएका सर्लाहीको हरिवन नयाँ रोड बस्ने एक ३१ वर्षे पुरुषमा पिसिआर टेष्ट पोजेटिभ देखिएको सर्लाहीको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो । दुवैजनाले काठमाडौ स्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमै गएर स्वाब दिएका थिए ।

फारममा एकजनाले पुरा ठेगाना लेखेपनि अर्काले सर्लाही मात्र लेखेको जानकारी आएको प्रजिअ जिसीले बताउनु भयो । उनिहरु दुवै जनाको ट्राभल हिस्ट्री बुझ्ने काम भईरहेको प्रजिअ जिसीले बताउनु भयो । 
यस अघि धनकौलका १४ वर्षिय किशोर,हरिपुर्वाका ४५ वर्षिय पुरुष र रामनगरकी १८ वर्षिय किशोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech