Close This

चिताइनको महत्तो भल्काउने खोजमूलक कृति विमोचन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२७ गते   २२८४ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसका उप– प्राध्यापक देवराज पौडेलको महाशिवरात्रीको अवसरमा खोजमूलक कृति विमोचन गरिएको छ ।  महाशिवरात्री पर्वको अवसर पारेर लक्ष्मीनाथ चिताइन महादेव विकास समिति हरिपुर–७, चिताइनले एक ऐतिहासिक तथा पुरातात्विक एवम् धार्मिक र पर्यटकीय महत्त्व बोकेको खोजमूलक पुस्तक सार्वजनिक गरेको छ ।
उप– प्राध्यापक पौडेलद्वारा लिखित पुस्तकले लक्ष्मीनाथ चिताइन महादेवको उद्भव, चिताइन महादेव बृहत् शिवालय क्षेत्रको अवस्था, स्थानीय थारु र दनुवार जातिले मनाउने स्थानीय चाडपर्वहरू, पुज्ने देवी देवताहरूका अतिरिक्त सर्लाही जिल्लाका एक सय शिवालयहरूको संक्षिप्त चिनारी दिने काम गरेको उक्त पुस्तकको एक भव्य समारोहका बिच विमोचन गरिएको हो ।
लक्ष्मीनाथ चिताइन महादेव नामक उक्त पुस्तक विमोचन कार्यक्रममा सर्लाही क्षेत्र नम्बर १(ख) की प्रदेश सभा सदस्य बेची लुङ्गेलीको प्रमुख अतिथि रहेको थियो ।. लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का,हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुदिन मंसुर, हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेल, पूर्व संविधान सभा सदस्य रञ्जना सरकार लगायतको उपस्थितिमा उक्त पुस्तक विमोचन गरिएको हरिपुर नगरपालिका ७ का वडा अध्यक्ष हृदय नारायण पजियारले जानकारी दिनु भयो ।
साहित्यिक पत्रकार अच्युत अधिकारी, पुस्तकका सम्पादक सुमन घिमिरे (अग्रिम), शिशुकल्याण मा.वि.का शिक्षक शिक्षिकाहरु स्थानीय समाजसेवी,बुद्धिजीवीलगायतको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता लक्ष्मीनाथ महादेव विकास समितिका अध्यक्ष राजेन्द्र धामीले गर्नु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech