लालबन्दीको घुम्ती शौचालय प्रयोग विहिन,जेन–जी आन्दोलनमा तोडफोड

170 Shares

सर्लाहीको लालबन्दी नगरपालिकालाई उपहार स्वरुप प्राप्त भएको घुम्ती शौचालय लामो समयदेखि प्रयोग विहिन अवस्थामा छ।यसियाली विकास बैँक मार्फत जापान सरकारको एक संस्थाले केही वर्ष पहिला लालबन्दी नगरपालिकालाई सहयोग स्परुप प्रदान गरेको घुम्ती शौचालय प्रयोग विहिन अवस्थामा थन्किएको हो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पहिला सामान्य प्रयोगमा आएको भएपनि भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका क्रममा उक्त घुम्ती शौचालय तान्ने ट्याक्टर आगजनीका कारण ध्वस्त भएको र घुम्ती शौचालय पनि तोडफोड भएपछि पुर्ण रुपमा प्रयोग विहिन भएको लालबन्दी नगरपालिकाले जनाएको छ ।
लालबन्दी नगरपालिका स्रोतका अनुसार प्रयोग विहिन अवस्थामा रहेको घुम्ती शौचालय नगरपालिकाको परिसरमा वेवारिसे अवस्थामा क्षत विक्षत भएर थन्किएको भएपनि सहयोगी दाताले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण मर्मत सम्भारको काम समेत हुन पाएको छैन् ।सर्लाहीको मात्र नभई छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाको मुख्य बजारी केन्द्र समेत रहेको लालबन्दी बजारमा दैनिक ठूलो संख्यामा मानिस तथा सवारी आवत जावत हुने गरेका भएपनि सार्वजनिक शौचालय नहुँदा उनीहरुलाई निकै समस्या हुने गरेको छ ।
“जिल्लाको मुख्य लालबन्दी बजार क्षेत्रमा सार्वजनिक शौचालय छैन।स्थानीय पालिकाले  सहयोग स्वरुप पाएको घुम्ती शौचालय पालिका परिसरमा क्षत विक्षत अवस्थामा थन्किएको छ ।जुन बजारको मुख्य चोकमा राखिएको भए हाट बजार गर्न आउनेहरुका साथै यात्रुहरुलाई धेरै सहज हुने थियो।”लालबन्दी उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशीले बताए ।
“सहयोगी दाताले दिएको घुम्ती शौचालय जेन जी आन्दोलन पहिला सञ्चालनमा रहेको थियो ।जेनजी आन्दोलनबाट ट्याक्टर जल्यो,शौचालय तोडफोड भयो।दाताले नगरपालिकालाई हस्तान्तरण गरेको छैन्।जसका कारण नगरपालिकाले मर्मत सम्भार गर्न पाएको छैन्।” लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले बताए ।उनका अनुसार नगरपालिकाका सरकारी सवारी साधनहरुका साथै घुम्ती शौचालय मर्मत सम्भारका लागि आवश्यक बजेटको समेत व्यवस्था नरहेका कारण समस्या सृजना भएको हो।
“म लालबन्दी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएकोधेरै भएको छैन। केही वर्ष अगाडि मात्रै दातृ निकायले पालिकालाई घुम्ती शौचालय सहयोग गरेको रहेछ।घुम्ती शौचालय सञ्चालनमा ल्याउन पहिला मर्मत सम्भार गर्नु पर्ने छ।अहिले बजेट छैन्।”उनले बताए ।लामो समयसम्म प्रयोग विहीन अवस्थामा घुम्ती शौचालय थन्किएपछि लालबन्दीका स्थानीयले प्रयोगमा नल्याउने भए किन नगरपालिकाको परिसरमा तमासा देखाएर राखेको भन्दै प्रश्न समेत उठाउन थालेका छन् ।

सम्बन्धित समाचार