Close This

कोरोना संक्रमणको बाहनामा एमाले सर्लाही जिल्ला अधिवेशन स्थगित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-५ गते   २८०८ पटक हेरिएको

नेकपा(एमाले)सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ । माघ ७ गते मलंगवामा पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी गरिएको थियो । एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले मंगलबार प्रेस विज्ञप्ती निकालेर जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिए । एमाले सर्लाहीले अन्तिम समयमा आएर जिल्ला अधिवेशन स्थगित गरिएको हो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा आएर स्थगित गर्नुपरेको अध्यक्ष साहले बताए । ‘वर्तमान असहज परिस्थिति र मूलत ः (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेको आन्तरिक पार्टी पंक्तिमा प्रेषित गरेको जानकारी र प्रदेश कमिटी प्रदेश नं. २ को पदाधिकारी बैठकको निर्णय अनुसार कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसङ्गठनहरुका २५ जनाभन्दा बढी सहभागिता रहने गरी कुनैपनि प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्ने निर्णय भए बमोजिम तोकिएको मितिमा जिल्ला अधिवेशन सम्पन्न गर्न असहज भएकाले अर्को सूचना जारी नहुञ्जेसम्मका लागि स्थगित गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण कम हुनासाथ जिल्ला अधिवेशन गरिने बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech