सर्लाहीका ३७ जना उम्मेदवारहरुले छुट्टै बैँक खाता खोलेनन्

185 Shares

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक सय ३१ जना उम्मेदवारहरु मध्ये ३७ जना उम्मेदवारहरुले छुट्टै बैँक खाता खोलेका छैनन्।२६ वटा विभिन्न राजनीतिक दलहरु सहित स्वतन्त्र गरेर एक सय ३१ जना उम्मेदवार रहेका सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका ११ वटा राजनीतिक दलहरुका साथै स्वतन्त्र गरेर ३७ जना उम्मेदवारहरुले छुट्टै बैँक खाता नखोलेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयले कमलामाई मिडिया प्रा.लिलाई उपलब्ध गराएको विवरण अनुसार जान्नेलाई छान्ने दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार नरेन्द्र साह कलवार सहित सर्लाही क्षेत्र नम्बर १ मा नेपाल जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका इन्द्रजीत साह तेली,आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका मो.अस्फाक,नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका रुपाकान्त कापर सहित स्वतन्त्र उम्मेदवारी दिएका गम्भीर हरि अधिकारी,मोहन पासवान,राम कलास र राम दुलार महत्तो गरी क्षेत्र नम्बर १ का २८ जना मध्ये सात जना उम्मेदवारले छुट्टै बैँक खाता नखोलेका हुन । 
त्यसैगरी,सर्लाही क्षेत्र नम्बर २ का ३१ जना उम्मेदवाहरु मध्ये १० जना उम्मेदवाहरुले छुट्टै बैँक खाता नखोलेका पाइएको छ।प्रगतिशिल लोकतान्त्रीक पार्टीको तर्फबाट उम्मेदवार बनेका उमेश कुमार सिंह सहित स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएका गुन्जेश्वर प्रसाद साह,तेज नारायण मुसहर,मनोज कुमार यादव,मनोज कुमार राय,राम अधिन राय,राम केवल राय,राम नाथ साह,राम बाबु राय र विकास रायले छुट्टै बैँक खाता नखोलेका हुन । 
सर्लाही क्षेत्र नम्बर ३ का ३४ जना उम्मेदवाहरु मध्ये छ जना उम्मेदवारहरुले छुट्टै बैँक खाता नखोलेका पाईएको छ।जान्नेलाई छान्ने भनेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार नरेन्द्र साह कलवार,नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार रमा कोईराला,जनमत पार्टीका उम्मेदवार सुनिल प्रसाद गुप्ता सहित स्वतन्त्र तर्फबाट रामपृत महरा,कृष्ण नन्दन राय र 
उमेश कुमार रायले छुट्टै खाता नखोलेका हुन ।
सर्लाही क्षेत्र नम्बर ४ का ३८ जना उम्मेदवाहरु मध्ये १४ जना उम्मेदवारहरुले छुट्टै बैँक खाता खोलेका छैनन्।जसमा राष्ट्रिय मुक्ती पार्टी नेपालका उम्मेदवार उदय कान्त मिश्र,जनमत पार्टीका उम्मेदवार राकेश कुमार मिश्र,नेपाल कम्युनिष्ट पार्टी(संयुत्त)का उम्मेदवार रामनाथ प्रसाद साह र आम जनता पार्टीकी उम्मेदवार रिंकी कुमारी साह सहित स्वतन्त्र तर्फ अरविन्द कुमार ठाकुर,कमलेश मण्डल,जय शंकर सिंह कुशवाहा,धिरज ठाकुर,रमण मिश्र,राम प्रवेश यादव,शुलपानी झा,संजिव कुमार पासवान,ज्ञानेन्द्र प्रसाद कुशवाहा र चुन चुन भण्डारीले छुट्टै खाता नखोलेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।सर्लाहीका चार वटा निर्वाचन क्षेत्रमा विभिन्न २६ वटा राजनीतिक दल र स्वतन्त्र गरी एक सय ३१ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार