सर्लाहीको गोडैता नगरपालिकाका चार जना वडा अध्यक्षहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन विशेष नेपाली कांग्रेस सर्लाही ४ ले सञ्चालन गरेको चुनावी अभियानको क्रममा सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति गगन कुमार थापा आएपछि उनलाई सघाउन भन्दै सर्लाही क्षेत्र नं ४ का प्रदेश सभा सदस्यका उम्मेवार कृष्ण कुमार कुशवाह सहित गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्षहरु कांग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीका सभापति ठा(सरोज कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा कुशवाहसहित गोडैता नगरपालिका १ का वडाध्यक्ष सुजित महतो, वडा नं २ का वडाध्यक्ष अजय प्रसाद शाह,वडा नं ५ का वडाध्यक्ष प्रकाश गुप्ता र वडा नं ११ का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेका हुन ।गोडैता नगरपालिका १ का वडाध्यक्ष महतो र वडा नं २ का वडाध्यक्ष नेपाल कम्युनिस्ट पार्टी(नेकपा)बाट,वडा नं ५ का वडाध्यक्ष गुप्ता जनता समाजवादी पार्टी(जसपा) र वडा न ११ का वडाध्यक्ष पण्डित नेकपा(एमाले)बाट वडाध्यक्ष विजयी भएका थिए ।
त्यसैगरी बसबरियाका जनता समाजवादी पार्टी(जसपा)का नेता मुकेश यादव र वडासदस्य लालु मन्सुर पनि कांग्रेस प्रवेश गरेका नेपाली कांग्रेस बसबरियाका नेता गजेन्द्र साहले जानकारी दिए ।उनका अनुसार नेपाली कांग्रेसका नव निर्वाचित सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेस प्रवेश गरेको उनीहरुले बताएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा कांग्रेस सभापति थापा र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रवेश गरी उम्मेदवार बनेका निवर्तमान सांसद डा.अमरेश कुमार सिंह चुावी मैदानमा उत्रिएका छन् ।