दुर्घटना गराइ फरार भएको ट्याक्टर १० महिना सम्म पनि प्रहरीले नियन्त्रणमा लिएन

4.1k Shares

सर्लाहीको नवलपर–मलङ्गवा सडकखण्डमा दुर्घटना राई फरार भएको ट्याक्टर फेला परेको छ । करिब ११ महिना पहिला नवलपर–मलङ्गवा सडक खण्ड अन्र्तगत नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिएको थियो । 
मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको थियो  ।तत्काल प्रहरीले नम्बर नखुलेको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिएको भन्दै दुर्घटनामा संग्लगन नभएको अर्काे ट्याक्टर नियन्त्रणमा लिएको थियो । तर प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरले दुर्घटना गराएको नभई अर्काै ट्याक्टरले दुर्घटना गराएको पुष्टि भएको छ ।
गत कात्तिक १० गते राति करीब ८ः२० बजे लालबन्दी नगरपालिका–२ स्थित नवलपुर चौकभन्दा करीब ७ सय मिटर दक्षिण नवलपर–मलङ्गवा सडकखण्डमा नम्बर नखुलेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी १८ वर्षीय अङ्कुश पासवानको मृत्यु भएको थियो । घटनापश्चात् इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले दुर्घटना गराउने ट्याक्टरको खोजतलास गरि दुर्घटनामा संलग्न नै नभएको लालबन्दी नगरपालिका २ का थीरबहादुर खड्काको ट्याक्टर आफ्नो खेतमा काम गरी रहेको समयमा नियन्त्रणमा लिएको थियो ।
मृतक पासवानको घरपरिवारले समेत मोटरसाइकललाई ठक्कर दिने ट्याक्टर खड्काको नभएको भनि बयान दिएका भए पनि प्रहरीले दुर्घटनामा संलग्न नै नभएको सो ट्याक्टरका धनि खड्का र चालकलाई नियन्त्रणमा लिएर कार्बाही प्रक्रिया अघि बढाएको छ ।  खड्काको ट्याक्टरले दुर्घटना नगराएको भए पनि खड्कालाई गत माघ १५ देखि फागुन ७ गतेसम्म प्रहरीले सिन्धुली कारागारमा राखेको थियो । भने उक्त ट्याक्टरका चालक अहिले पनि पुर्वपक्षका लागि कारागार मै छन् ।
गत फागुन ७ गते रु १ लाख ५० हजार धरौटी बुझाएर जेलमुक्त भएका  ट्याक्टर धनी खड्का दुर्घटना गराई फरार भएको ट्याक्टर र त्यसका चालकको खोजी गरी सजाय दिन र आफुहरु निर्दोष हुँदाहुँदै कारागारमा बसेर कैदीजीवन बिताइरहेका आफ्ना निर्दोष चालक लालबन्दी नगरपालिका २ का फेकन रामको रिहाइ र प्रहरीले नियन्त्रणमा लिएर राखेको आफ्नो ट्याक्टर र ट्याक्टरमा लाग्ने अन्य कृषि यन्त्र छुटाइदिन हारगुहार गरिरहेका छन् । आफ्नो ट्याक्टरले दुर्घटना नगराएको भन्ने सम्पूर्ण प्रमाणहरु समेत प्रहरीलाई बुझाइसकेको भए पनि हालसम्म यस विषयमा प्रहरी प्रशासनले कुनै चासो नलिएको र प्रहरीले यो विषयमा आफ्नो सबुत लिएर अदालत जान भनेको पीडित ट्याक्टर धनि खड्काले बताएका छन् ।
अरूले नै गरेको अपराधको सजाय भोगेर थुनामुक्त भएपछि अदालतीय प्रक्रियामार्फत भए पनि वास्तविकता बाहिर ल्याउने पक्षमा रहेका खड्का परिवारले दुर्घटनामा संग्लग्न ट्याक्टर सर्लाहीको हरिवन नगरपालिका ११ का कविन कार्कीको नाममा  २०७७ कार्तिक ९ गते सिरहाको लहानमा रहेको मेस्सि सोरुमबाट निकालीएको,दुर्घटना गराएको समयमा उक्त ट्याक्टर अनटेष्ट रहेको,ट्याक्टरका चालक फरार रहेका,ट्याक्टरका सहचालकले कविन कार्कीको ट्याक्टरले दुर्घटना गराएको बताएका,उक्त दुर्घटनाको समयमा सह चालक आफैँ रहेको बताए पछि खोजी गर्दै जाँदा सो प्रमाणित भएको ट्याक्टर धनी थीर बहादुरका छोरा वसन्त खड्काले बताउनु भयो । ट्याक्टर निकालेको करिब १ हप्ता पछि उक्त ट्याक्टरको नम्बर प्रदेश २–०१–००१ त ०८१३ प्रमाणित भएको खड्का परिवारले बताएका छन् । उक्त दुर्घटना गराउने ट्याक्टर अहिलेपनि खुलेआम रुपमा सञ्चालनमा छ भने भने निर्दाेक्ष् ट्याक्टर र त्यसका चालक अहिले पनि प्रहरीको नियन्त्रणमा छन् ।
दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नम्बरको ट्याक्टरका चालक विजय गिरी दुघृटना भएको दिन देखि नै फारर हुनु,ट्याक्टरका सह चालकले कविन कार्कीको अनटेष्ट ट्याक्टरले नै दुर्घटना गराएको सो समयमा आफु ट्याक्टर मैरहेको बताउनु,पीडित पक्षले खड्का परिवारसंग हाल सम्म पनि क्षेतीपुर्तिको माग नगर्नु,साथै खड्काको ट्याक्टरका चालकले जेलबाट पनि केही राजनैतिक दलका नेताहरुले आफुलाई दुर्घटना गराएको स्विकार नगरे परिवार नै सिध्याइ दिने धम्की दिएका,ईलाका प्रहरी कार्यालय लालबन्दीका मुद्धा शाखाका प्रहरी हबल्दार चन्द्रपुरण चौधरीले आफ्नो ट्याक्टरले दुर्घटना गराएको स्विकार नगरे म्याद थप गरि फर्किँदा बाटामै गोली हान्ने धम्की दिनुले पनि दुर्घटना गराउने ट्याक्टर प्रदेश २–०१–००१ त ०८१३ नैरहेको खड्का परिवारको दाबी छ । उक्त ट्याक्टरका चालक गिरी दुर्घटना भएदेखि फरार रहेका छन् । 
एक निर्दोष व्यक्ति अहिले न्यायका लागि प्रहरी प्रशासन तथा न्यायालयको आश्रय खोजी रहेका छन् भने दुर्घटना गराउने ट्र्याक्टर फेला परेपनि प्रहरी मौन देखिएको छ । प्रहरीले खोजी कार्य नगरेको र पछि केही मानिसहरुको सहयोगमा दुर्घटना गराउने ट्याक्टर प्रमाणित भएको पीडित परिवारको भनाई छ ।  तर प्रहरीले सो कुरा स्विकार गरिसकेको छैन । थीर बहादुरका छोरा वसन्त खड्काले बताउनु भयो । हामीले जिल्ला प्रहरी कार्यालय सर्लाही, प्रदेश प्रहरी कार्यालय जनकपुरका साथै प्रहरीको माथिल्लो निकायम सम्म पनि योकुरा पुर्याएको भएपनि प्रहरी प्रशासनले सुनुवाई नगरेको भन्दै वसन्तले विभिन्न मिडियाहरुमा गुनासो गरेका छन् ।
प्रहरीले तयार पारेको घटना प्रकृति मुचुल्का, माथिल्लो निकायलाई पठाएको टिपोट, रेफर गरी पठाइएको जिल्ला प्रहरी कार्यालयबाट आएको परिपत्र सबैमा प्रहरीले केही केर मेट गर्नुले पनि दुर्घटनामा संग्लग्न सवारी साधन लुकाउने पक्षमा प्रहरी आफैँ रहेको र सोही निर्दाेष ट्याक्टरलाई कार्वाहीको भागेदार बनाउने पक्षमा रहेको देखिएको पीडित पक्ष र ट्याक्टर धनीको भनाई छ ।
दुर्घटनामा संग्लग्न सवारी साधनका सह चालकले सबै विवरण बताउनु, उक्त सवारी साधनका चालक सोही दिनदेखि फरार हुनु, पीडितले खड्कासँग क्षतिपूर्तिको माग नगर्नु, प्रहरीले घटना प्रकृति मुचुल्का, माथिल्लो निकायबाट आएको पत्रलगायत कागजातमा केरमेट गर्नुले आफुहरुलाई पहिला नै शंका लागेको वसन्तले बताउनुभयो ।उहाँले भन्नु भयो “हाम्रो केशमा राष्ट्रिय सभाका सदस्य सहितका मानिसहरुले राजनीति गर्नु भयो,प्रहरी किनबेचमा चल्दो रहेछ,निर्धाे छ भने निर्दाेषले पनि सजाय पाउने रहेछ,हामीले केही स्थानिय सचेत नागरीकहरुको सहयोगमा दुर्घटना गराउँने ट्याक्टर पक्ता लगाएउ,त्यसपछि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले अरु केही मानिसहरुलाई अहिले चाही दुर्घटना गराउने ट्याक्टर अर्काे रहेछ,आफुले गल्ती गरेँ की झैँ भएर पच्छुतो लाग्यो भनेर बताउनु भएको छ,। ”अब सजाए कसलाई गर्ने खड्काले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले अर्हाएको काम गरेकाले आफुलाई केही नहुने प्रहरी निरिक्षक थापाले बताएका एक प्रहरी अधिकारीले बताएका छन् । “इनिस्पेक्टर सावले त्यो दुर्घटनामा संग्लग्न प्रदेश २–०१–००१ त ०८१३ ट्याक्टर पत्ता लगाउने मानिसलाई जहाँ भेटेपनि मैले जानेको छु । मेरो जागिरकोसवाल छ भन्नु भएको छ । ” उनले भने 
यसले प्रहरी र दुर्घटनामा संलग्न सवारी साधनका धनी कार्की बीचको मिलेमतो रहेको आशङ्का पीडित पक्षले समेत गरेका छन् । भने दुर्घटनामा संग्लग्न सवारी साधन अहिले पनि सर्लाहीको हरिवन नगरपालिका ४ को जय मातादी इट्टा उद्योगमा सञ्चालन भई रहेको छ । प्रहरीले दुर्घटना गराउँने ट्याक्टरका साहुसंग ठुलो रकम लिएर आफुहरुलाई फसाएको पीडित पक्षको भनाई छ । साथै हाल जेलमा रहेका चालककी श्रीमती अनिता देवी रामले आफुलाई ज्यान मार्ने सम्मको धम्की आएको प्रहरीलाई बताएकी छन् ।
 मृतकका आफ्न्तले जाहेरी दिनु भन्दा पहिला नै ट्याक्टर नियन्त्रणमा लिएको र प्रहरीले पछि जाहेरी दिन लगाएको पाइएको छ,भने निर्दाेष ट्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीले बहादुरी देखाएको तर दुर्घटनामा संग्लग्न ट्याक्टर खुलेआम हिडि रहेको मृतकका आफन्तहरुको भनाई छ ।
दुर्घटना भएको ९ महिना पछि उक्त दुर्घटना गराउने ट्याक्टर पीडित खड्का पक्षले पहिचान गरेका भएपनि ट्याक्टर पक्ता लागेको १ महिना भएको र प्रहरीलाई जानकारी गराएको भएपनि पनि प्रहरीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको छैन । उनीहरुका अनुसार पहिलाका सबै प्रमाणहरुका आधारमा ट्याक्टरको खोजी गर्दै जाँदा उक्त दुर्घटना गराउने ट्याक्टर फेला पर्यो, अब प्रहरीलाई जानकारी गराउँछौँ । खड्का परिवारले जनाएको छ । साथै सबै सबुत प्रमाण सहित आफुहरु अदालतीय प्रक्रियामा जाने वसन्तले बताउनुभयो । 
उक्त दुर्घटनाको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले अनुसन्धान गर्नु भएको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौर र प्रहरी नायव उपरिक्षक  मदन कुँवर रहनु भएकोमा प्रहरी निरिक्षक थापा,प्रहरी उपरिक्ष राठौर अहिले पनि जिल्ला मै कार्यरत रहनु भएको छ भने प्रहरी नायव उपरिक्ष कुँवरको बुटवल सरुवा भएको छ ।
प्रहरीले आफ्नो बहादुरी देखाउन दुर्घटना भएको दुई दिनपछि निर्दाेष ट्याक्टरलाई खेतमा काम गरि रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो सो ट्याक्टर अहिले पनि ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेको छ । भने मृतकका आफन्त र ट्याक्टर धनी दुवै पक्षका पीडित न्यायको खोजीमा एकैसाथ न्यायलय धाई रहेका छन् ।
यता,यो विषय अदालतमा गईसकेकाले आफुहरुले केही गर्न बोल्न नमिल्ने प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । घटना अदालतीय मृद्धा प्रक्रियामा गई सकेकाले अब अदालतबाटै टुंङ्गो लाग्ने प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । तर दुर्घटना गराउने ट्याक्टर फेला परेपछि प्रहरी उपरिक्षक राठौरले प्रहरी निरिक्षक थापालाई सोधपुछ गर्दा त्यतिवेला केही समस्या भएको र हतारमा घटनालाई अदालतमा पुर्याएका कारण अहिले समस्या भएको बताएका प्रहरी स्रोतले बताएको छ । प्रहरी निरिक्षक थापाले आफ्नो हतारको निर्णयले  निर्दाेषले दुःख पाएका बताएका छन् । दुर्घटना गराउने ट्याक्टर अर्काै रहेको प्रमाणित भएपछि आफुलाई पच्छुतो लागेको प्रहरी निरिक्षक थापाले बताएका  एक प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार