नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पदमुक्त गर्नुपर्ने मागसहित कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन्।सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेका कारण सभापति सिंहलाई पार्टीको विधान र राजनीतिक दलसम्बन्धी कानुन अनुसार कारबाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग रहेको छ।पार्टीको नीति विपरीत कार्य गरेको भन्दै जिल्ला उप सभापति,क्षेत्रीय सभापतिहरू सहितका पदाधिकारीहरूले सभापति सिंहको राजीनामा माग गरेका हुन्।
यसैक्रममा,सभापति सिंहले गुटबन्दी गरेका,संगठन सञ्चालनमा निष्पक्षता नअपनाएको र कार्यकर्ताहरूलाई विभाजन गर्ने प्रयास गरेको आरोप समेत लागेको छ।पार्टी सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई दुई बुँदे निवेदन बुझाउँदै,प्रदर्शनकारीहरूले सभापति सिंहलाई बर्खास्त गर्न आग्रह गरेका छन्।
कांग्रेस सर्लाहीका सभापति सिंहको बर्खास्तीको माग गर्दै केन्द्रीय कार्यालयमा दवाव सृजना गरि रहेको समयमा यता कांग्रेस सर्लाहीका सभापति सिंह नेपाली कांग्रेस सर्लाहीलाई कसरी मजबुत बनाउन सकिन्छ ।आगमी निर्वाचनमा नेपाली कांग्रेस सर्लाहीलाई कसरी एकल राज्य बनाउने वा एकल दवदवा राख्न लागि परेका छन् ।
सोही क्रममा सर्लाहीको बलरा नगरपालिकाको नगर प्रमुख पदका प्रत्यासी नागेन्द्र झा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।पुर्व प्रमुख जिल्ला अधिकारी समेत रहेका झा जनता समाजवादी पार्टी (जसपा)नेपाल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।झालाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश गराइएको कांग्रेस सर्लाहीका नेता गजेन्द्र साहले जानकारी दिए ।
उनका अनुसार २०७९ को स्थानीय तहको निर्वाचनमा बलरा नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार झा दुुई हजार चार सय ५५ मत प्राप्त गरी चौंथो भएका थिए।झासहित साबिक मधुवनी गाविसका अध्यक्ष चन्देश्वर प्रसाद सिंह,जनता समाजवादी पार्टी (जसपा)नेपालका क्षेत्रीय अध्यक्ष राममङ्गल सिंह लगायतका नेता जसपा नेपाल परित्याय गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
बलरा नगरपालिका ९ छतौना बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई कांग्रेस सर्लाहीका सभापति सिंह,पूर्व मन्त्री नागेन्द्र कुमार यादव,प्रदेशसभा सदस्य जङ्गीलाल राय,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह लगायतले स्वागत गरेका थिए ।