सर्लाहीको बलराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध कपडा बरामद् गरेको छ । जिल्लाको बलरा स्थित नेपाल भारत सिमानाकाबाट नेपाल ल्याउँदै गरिएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिवास र बोर्डर आउष्ट पोष्ट (बीओपी) छतौनाबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले बलरा नगरपालिका ३, मा भारतबाट भन्सार छलेर नेपाल ल्याइएको रु १४ लाख २१ हजार १ सय ९० बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगरले जानकारी दिनु भयो ।
उहाँकाअनुसार भन्सार छलीको कपडा ल्याउन प्रयोग गरिएको बीआर ०१ सी एच ८४७४ र बीआर ०५ ए एच ५६६७ नम्वरको दुईवटा भारतीय मोटरसाइकल समेत बरामद गरिएको छ ।
मोटरसाइकलमा हालेर अवैध कपडा ल्याउने मानिसहरु भने फरार भएका सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको कपडा र भारतीय मोटरसाइकल आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय सर्लाही बुझाइएको डिआईजी ठाडा मगरले जानकारी दिनु भयो ।