लालबन्दीका नगर प्रमुख खड्कालाई कोरोना संक्रमणको आशंका

2.6k Shares

सर्लाहीको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्का बिरामी भएपछि घरै बस्नु भएको छ । विगत तीन दिनदेखि ज्वरो आए पछि नगर प्रमुख खड्का घरमै बस्नु भएको हो । 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको आशंकामा नगर प्रमुख खड्का विगत केही दिनदेखि घरमै बस्नु भएको थियो ।  भने बिहिवार एन्टिजेन विधीबाट खकारको नमूना परीक्षण गर्दा नगर प्रमुख खड्कामा संक्रमण पाइएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखा सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनु भयो ।
लालबन्दी नगरपालिका ४ हरिभवनको आफ्नै घरमा नगर प्रमुख खड्का बसिरहनु भएको छ । नगर प्रमुख खड्काको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकरी दिनु भयो ।
आफूमा कोरोना संक्रमण पुष्टी भएपनि बिहिवारबाट ज्वरो भने कम हुँदै गएको नगर खड्काले बताउनु भयो । ज्वरो आउने, घाँटी दुख्नेलगायत कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएपछि नगर प्रमुख खड्काले कोरोना परीक्षण गराउनु भएको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाले बताउनु भयो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै लालबन्दी नगरपालिकाले आफ्नो सेवाहरु भने गत मंगलवारबाटै शुक्रबार सम्मका लागि बन्द गरेको थियो भने साप्ताहिक रुपमा लाग्ने हाट बजार पनि २७ गते सम्मका लागि बन्द गरिएको थियो ।

सम्बन्धित समाचार