सर्लाहीका विभिन्न स्थानहरुमा अवैध रुपमा नदीजन्य पदार्थको उत्खन्न तथा संकलन गर्ने गरिएको पाइएको छ।जिल्लाको बागमती, लखनदेही, कालिन्जोर,फुलजोर र बांके खोलाबाट अवैधरुपमा नदीजन्य पदार्थको निकासी गरी वन तथा सार्वजनिक क्षेत्रमा संकलन गर्ने गरिएको पाइएको हो ।“ढुङ्गा गिट्टी,बालुवा उत्खन्न तथा व्यावस्थापन सम्बन्धी निर्देशिका २०७७”विपरित जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थको निकासी गरि सार्वजनिक तथा वन क्षेत्रमा संकलन गरि राखिँदा पनि जिल्लाका सरोकारवाला निकाय बेखबर देखिएका स्थानीयको आरोप छ ।
जिल्लाका नदीहरु स्थानीय तहहरुले ठेक्का लगाएको समयमा तथा अन्य समयमा नदीजन्य पदार्थ निकासी गरी सार्वजनिक तथा वन क्षेत्रमा संकलन गरि राखिँदा पनि जिल्ला समन्वय समिति सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाही लगायत सरोकारवाला निकायहरु बेखबर देखिएका हुन।स्थानीय तहहरुले ठेक्का लगाउने तर नियमन नगर्दा ठेक्का लगाएको समयमा पनि अवैध तरिकाले मापदण्ड विपरित उत्खन्न हुने गरेको साथै यसरी भएको उत्खन्नको भण्डारण गरेपछि स्टोक प्रमाणित गर्नु पर्नेमा स्टोक प्रमाणित समेत नगरी जिल्लाका क्रसर उद्योगहरुलाई खुलेआम रुपमा विक्रि हुने गरेको भएपनि सरोकारवाला निकाय कानमा तेल हालेर बस्दा कतै“दुधको साँची बिरालो”त भएको होइन्।स्थानीय जानकारहरु बताउँछन् ।
नेपाल सरकारले चुरे क्षेत्रलाई संरक्षण एवम सम्बद्र्धन गर्न हरेक वर्ष ठूलो रकम विनियोजन गर्ने गरेको भएपनि सो रकम सहि सदुपयोग हुन नसकेको जानकारहरुको भनाई छ।“ढुङ्गा गिट्टी,बालुवा उत्खन्न तथा व्यावस्थापन सम्बन्धी निर्देशिका २०७७” अनुसार सर्लाहीका प्राय नदीहरुमा उत्खन्न गर्न पाईदैन्।तर स्थानीय तहहरुले आन्तरीक राजश्व संकलन गर्न भन्दै हरेक वर्ष ठेक्का लगाउने तर नियमन नगर्ने गर्दा अवैध रुपमा मापदण्ड विपरित उत्खन्न हुने गरेको छ ।सो विषयमा अवैध तरिकाबाट सम्बन्धीत निकायहरुको मिलेमतोमा अबैध रुपमा उत्खन्न तथा भण्डारण भएको आफुले पनि सूचना पाएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।त्यसरी भएका अवैध उत्खन्न तथा भण्डारको पहिलो नियमनकारी निकाय डिभिजन वन कार्यालय रहेको र सोही अनुसार आफुले निर्देशन पनि दिई सकेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।
यता,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाले आफु चाडपर्वको मुखैमा सरुवा भएर आएको र अब चाडपर्व सकिएका छन्।चाँडै स्थालगत अनुगमन गरी नियमन विपरित भए गरेको पाइए आवश्यक कार्बाही गर्ने प्रतिवद्धता जनाए ।उनले मधेश प्रदेश सरकारले मधेश प्रदेशका सबै जिल्लाका वन कर्मचारीहरुको सरुवा गरेको र जानु पर्ने कर्मचारीहरु गएपनि आउनु पर्ने कर्मचारी नआएका कारण पनि काम गर्न केही असहज भएको गुनासो गरे।उनलेभने “काम गर्नु पर्ने धेरै छ।कर्मचारी छैनन्।भएका कर्मचारीले वन संरक्षण गर्ने की अन्य नियमन तथा अनुगमनको काम गर्ने कर्मचारी अभावका कारण समयमै काम गर्न सकिएको छैन ।”
सबै भन्दा पहिलो अनुगमन तथा नियमनकारी निकाय जिल्ला समन्वय समिति सर्लाही यस प्रकारका गतिविधिहरुमा मन्त्र मुग्ध बनेको छ।जिल्लाका नदीहरुबाट नदीजन्य पदार्थ निकासी गरि विभिन्न स्थानमा लगेर स्टोक गरिएको भएपनि त्यो स्टोक प्रमाणित गर्ने काम जिल्ला समन्वय समितिको हुने गरेको भएपनि राजनितिक आग्रह पुर्वाग्रहका कारण जिल्ला समन्वय समिति सर्लाही अन्यौलमा परेको स्थानीय बताउँछन् ।
यता,आफुहरु त्यस क्षेत्रको स्थलगत अनुगमन गर्ने र गैर कानुनी रुपमानिकासी तथा संकलन भण्डारण भएको पाइएमा आवश्यक कानुनी प्रक्रियामा जाने जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुशवाहाले बताए ।नदी उत्खन्नको ठेक्का लगाउने अधिकार स्थानीय तहहरुलाई रहेको भएपनि अनुगमन तथा नियमन गर्ने निकाय जिल्ला समन्वय समिति हुने भएकाले गैर कानुनी रुपमा भएगरेका त्यस्ता कामको कुनै कसर बाँकी नराखी कानुनी प्रक्रियामा जाने समन्वय समिति सर्लाहीका उप प्रमुख कुशवाहाले प्रतिवद्धता जनाए ।
स्थानीय तहहरुलाई करछली नदीजन्य पदार्थको निकासी तथा भण्डार गर्ने गरेको पाइएमा आवश्यक कानुनी कार्बाही गर्ने लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले बताए।उनले अवैध रुपमा खोलामा उत्खन्न गरेर सार्वजनिक तथा वन क्षेत्रका साथै खोला किनारमा भण्डार गरी राख्न नपाईने र त्यसको अनुगमन डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले पनि गर्न सक्ने बताए ।यसरी सरोकारवाला निकाय एकले अर्काेलाई देखाउँदैपच्छिदै गर्नुले “दालमा केही कालो छ।”भन्ने प्रमाणित गर्छ ।जिल्लामा अवैध रुपमा चलेका क्रसर उद्योगहरुको समेत अनुगमन तथा नियमन हुन सकेको छैन् ।