यातायात व्यवस्था कार्यालय,मलंगवा सर्लाहीले आर्थिक वर्ष २०८२/०८३ मा रु १० करोड भन्दा बढी आय/व्याय प्रस्तुत गरेको छ।कार्यालयबाट प्रदान हुँदै आएका सवारी दर्ता,नवीकरण, चालक अनुमति–पत्र,सवारी जाँचपास,सवारी साधन कर,सवारी आय कर,रुट परमिट र यातायात क्षेत्रको आम्दानी लगायतका सेवाबाट आर्थिक वर्ष २०८२/०८३ मा रु १० करोड ५७ लाख ६६ हजार पाँच सय ७२ आय/व्याय रहेको कार्यालय प्रमुख अरविन्द दासले बताए ।
उनका अनुसार यातायात क्षेत्रको आम्दानी रु २३ लाख ८२ हजार ९३,चालक अनुमति–पत्र,सवारी दर्ता दस्तुरबाट रु दसई करोड ९८ लाख १५ हजार एक सय,सवारी साधन कर रु सात करोड १५ लाख ४६ हजार नौ सय २४ र सवारी आय कर रु २० लाख १० हजार एक सय ७५ का साथै रु १२ हजार दुई सय ८० बेरुजु गरी आर्थिक वर्ष २०८२/०८३ मा रु १० करोड ५७ लाख ६६ हजार पाँच सय ७२ आय/व्याय रहेको हो ।
कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा नौ हजार चार सय ५९ वटा नयाँ सवारी चालक अनुमती पत्र,एक हजार ५६ वटा सवारी चालक अनुमती पत्र नविकरण,१२ वटा सवारी चालक अनुमती पत्रको प्रतिलिपि वितरण गरेको कार्यालयका सूचना अधिकारी ईरसाद राजाले बताए । उनका अनुसार छ सय ७२ वटा सवारी जाँचपास र ५९ वटा सडक इजाजत पत्र वितरण गरिएको छ ।
सवारी साधनको संख्या वृद्धि हुनुका साथै चालक अनुमति–पत्र तथा सवारी सम्बन्धी विभिन्न सेवा लिन आउने सेवाग्राहीको चाप बढेसँगै राजश्व संकलनमा समेत वृद्धि भएको कार्यालयले जनाएको छ।कार्यालयका अनुसार जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनको संख्या बढ्दै जानु र पुराना सवारी साधनको नवीकरण तथा अन्य प्रक्रिया नियमित हुनु राजश्व संकलन बढ्नुका प्रमुख कारणका हुन ।
यातायात कार्यालयले सेवाग्राहीलाई सहज,पारदर्शी र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सेवामा प्रक्रियागत सुधारसमेत गर्दै आएको छ।कार्यालयमा दैनिकजसो ठूलो संख्यामा सेवाग्राही आउने भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन कर्मचारी तथा सम्बन्धित शाखाहरूले निरन्तर काम गर्दै आएका छन्।
त्यसैगरी,कार्यालयबाट हुने राजश्व संकलनलाई प्रभावकारी बनाउन डिजिटल प्रणालीको प्रयोग,अनलाइन सेवा विस्तार तथा बिचौलिया नियन्त्रणमा समेत विशेष ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ।उनीरुका अनुसार सरकारी राजश्वसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले संकलित रकमको पारदर्शिता र नियमित अभिलेखीकरण समेत महत्वपूर्ण मानिन्छ।